लौकही, सुनसरी, माघ १ । माघे संक्रान्ति तथा माघी पर्व २०८१ को अवसरमा कोशी गाउँपालिका, लौकहीका अध्यक्ष ऐयुब अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “आज माघे संक्रान्ति, जुन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने विशेष दिन हो। यो पर्वलाई मकर संक्रान्ति भनेर पनि चिनिन्छ। यसै अवसरमा तराई क्षेत्रमा विशेषगरी थारू समुदायले माघी पर्व मनाउने परम्परा छ। माघीमा घ्यू, चाकु, तरुल, तील, खित्रो, विभिन्न प्रकारका कन्दमूल तथा थारू समुदायमा घुङ्गी खाने प्रचलन रहेको छ।”
अध्यक्ष अन्सारीले यो पर्वले आपसी मेलमिलाप, सद्भाव, र सामाजिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।
माघे संक्रान्ति तथा माघी पर्व, २०८१ को अवसरमा उहाँले सबैलाई पर्व मनाउने परम्परागत विधिलाई जगेर्ना गर्न आग्रह गर्दै शुभकामना दिनुभएको हो।





