Friday, December 12, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
April 14, 2025
in मनाेरञ्जन
A A
0
पर्यटन मन्त्री मण्डलको प्रमुख आतिथ्यमा आठौं फलेलुङ चौरी पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न
23
SHARES
Share on FacebookShare on Twitter

फालेलुङ, पाँचथर  । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री  सदानन्द मण्डलको प्रमुख आतिथ्यमा फालेलुङ गाउँपालिका–४, पाँचथरमा आयोजित आठौं फलेलुङ चौरी पर्यटन महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री मण्डलले स्थानीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा ग्रामीण विकासमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले फलेलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, चौरीपालन संस्कृतिको समृद्ध परम्परा र पर्यटन सम्भावनाको प्रशंसा गर्दै स्थानीय बासिन्दा र आयोजकहरूलाई सफल कार्यक्रमको लागि धन्यवाद दिनुभयो।

उक्त अवसरमा मन्त्री मण्डलले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण स्थानीयवासी, सहभागीहरू तथा पाहुनाहरूलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र सशक्त पर्यटन कार्यक्रमहरू ल्याउने प्रतिवद्धता पनि जनाउनुभयो।

स्थानीय संस्कृति झल्किने विविध प्रस्तुति, चौरीपालन सम्बन्धी प्रदर्शनी, परम्परागत खानाको स्वाद तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले महोत्सवलाई अझ आकर्षक बनाएको थियो।

यस महोत्सवले फलेलुङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ भने स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारतीय सवारीसाधनमा स्टिकर टाँस्ने कार्यक्रम सुरुवात

Next Post

पर्यटन वर्ष २०८२ लाई विश्वसामु चिनाउने लक्ष्य: १२ देशका राजदूतसहित श्रीअन्तु सम्मको कूटनीतिक यात्रा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana