इनरुवा, असोज २५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कुस्ती र खोखो खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मंगलबार विदाई गरेको छ । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद २०७९ प्रतियोगितामा छनौट भएका भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गतकाका खेलाडीलाई विदाई गरिएको हो ।
छनौट भएका खेलाडीहरु बधाई तथा आगामी जितको अग्रिम शुभकामना दिदै गाउँपालिका अध्यक्ष अजमल अख्खतर आजाद, उपाध्यक्ष सुनिताकुमारी उराँव, वडा अध्यक्ष हारुन अंसारी कार्यलय प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिर लगायतकाले विदाई गर्नुभयो । भोक्राहा नरसिंह गाउँपालिकाबाट प्रदेश १ को खेलमा विजयी हासिल गर्दै राष्टिय खेलकुदका लागि छनौट भएका कुस्ती तर्फका कपल देव यादव (५७ केजी) ,रामचन्द्र यादव (७९ केजी) , दिपेन्द्र यादव (७० केजी), रेणु कुमारी मेहता (६२ केजी) , अन्जली उराँव (५५ केजी) रहेका छन् । त्यसैगरी खोखो तर्फका खेलाडी जय किशोर यादव, आदित्य नारायण उराँव, नितु कुमारी यादव र कुमल कुमारी मण्डल रहनुभएको छ ।