काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने भएको छ । बिहीबार सञ्चार माध्यमसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताएका हुन् । उनले भने, ‘मतपत्र छपाइ गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु हुन्छ ।’
रुपन्देही २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने प्रश्नमा निर्वाचन आयुक्त भुसालले यसको निर्णय निर्वाचन अधिकारीको आतमा रहेको उल्लेख गरे ।
निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरुको कोषबाट रकम बुझ्ने व्यक्तिलाई आयोगले उम्मेदवारका लागि योग्य ठहर गर्न नसक्ने बताए ।
प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको थियो । उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।