Sunday, April 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देवानगञ्जमा इजलासका लागि बेग्लै कार्यकक्ष

देवानगञ्जमा इजलासका लागि बेग्लै कार्यकक्ष

by नेपाल टाइमलाइन न्यूज
June 23, 2023
in स्थानीय समाचार
A A
0
देवानगञ्जमा इजलासका लागि बेग्लै कार्यकक्ष
8
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । स्थानीय सरकार गठन भए देखि आफ्नै कार्यकक्षबाट न्याय सम्पादनका कार्य गरिरहेका देवानगञ्जका न्यायिक समिति संयोजक यतिबेला इजलासका लागि बेग्लै कार्यकक्ष बनाएका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष न्यायिक समितिमा संयोजक रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दा न्यायिक समितिको क्षेत्राधिकारमा पर्छ ।

अधिकांश पालिकाहरूमा आफ्नो छुट्टै इजलास कक्ष नभएको वेला देवानगञ्ज गाउँपालिकाले बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादवले संयुक्त रुपमा नव निर्मित इजलास कक्षको उद्धघाटन गरेका छन् ।

उद्धघाटन पपश्चात् अध्यक्ष बेचनप्रसाद मेहताले भने “न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको हुँ” । उहाँले थपे ‘इजलास नहुँदा संयोजकले आफ्नै कार्यकक्षमा छलफल गर्ने गरेको थियो, अन्य सेवाग्राही पनि आउने भएकोले दुबै पक्ष खुलेर कुरा गर्न सक्दैन थियो ,यसले न्यायिक सम्पादन गर्न समस्या हुने गरेको जस्ता समस्याको अव समाध भएको छ ।’ छुट्टै इजलास कक्षले अन्यायमा परेका सेवाग्राहिहरुले सहजतरिकाले न्याय पाउने र न्यायिक समिति संयोजकले पनि सहज तरिकाले काम कारबाही अगाडि बढाउन पाउने बताउनुभयो।पालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कुमारी विभा यादवले एउटै कार्यकक्षबाट सबै काम गर्नुपर्दा हैरानी भएको भन्दै न्यायिक समितिको छुट्टै इजलास बनाएको बताएकी छिन् । सेवाग्राहीलाई गोप्य सेवा दिन नपाउँदा काम प्रभावकारी नभएकाले छुट्टै कार्यकक्ष बनाएको हो। इजलास कक्षको स्थापनापछि सेवा प्रवाहमा सहज हुने न्यायिक समिति संयोजक तथा उपाध्यक्ष यादवले बताउनुभयो । उनले भनिन्, ‘सबै काम एउटै कार्यकक्षबाट गर्दा समस्या थियो, अहिले सहज भएको छ । पीडितहरूले पनि सुरक्षित महसुस गर्ने छ ।’

अहिले देवानगञ्जको न्यायिक समितिमा २१७ ओटा उजुरी परेको छ। पुरानो १३२ र नयाँ ८५ ओटा रहेको छ। जस्मा मेलमिलापको माध्यम बाट ३२ ओटा समाधान गरिएको छ, ११ ओटा इजलास बाट फैसला गरिएको छ भने २ ओटा जिल्ला अदालत सुनसरीमा पाठाएको छ र बाँकी अरू प्रक्रियामा रहेको संयोजक यादवले जानकारी गराइन्।

उदघाटन कार्यक्रमा न्यायिक समितिका सदस्य कमलेश यादव, प्रमानन्द पाल, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, वडा नं. ३ का अध्यक्ष अनिल भगत, वडा नं. ५ का अध्यक्ष मनोज मण्डल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Previous Post

प्रहरी हिरासतमै पुगिन् पती खाँणलाई भेट्न पत्नी मञ्जु

Next Post

आफ्नै पाठ्यपुस्तक पढाउँदै हरिनगर गाउँपालिका

Next Post
आफ्नै पाठ्यपुस्तक पढाउँदै हरिनगर गाउँपालिका

आफ्नै पाठ्यपुस्तक पढाउँदै हरिनगर गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana