Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

आफ्नै पाठ्यपुस्तक पढाउँदै हरिनगर गाउँपालिका

आफ्नै पाठ्यपुस्तक पढाउँदै हरीनगर गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
June 28, 2023
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
आफ्नै पाठ्यपुस्तक पढाउँदै हरिनगर गाउँपालिका
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सीमावर्ती हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्ने अवसर पाएका छन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेसँगै यहाँका विद्यार्थीहरूको हात–हातमा पुस्तक पुगेको हो ।

गाउँपालिका स्थानीय सरकारले ‘मेरो हरिनगर’ नामक पाठ्यपुस्तक कक्षा १ बाट कक्षा ८ सम्मका लागि यस वर्षदेखि लागु गरेको गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो । केन्द्रीय पाठ्यक्रममा मात्र केन्द्रित रहेका यहाँका विद्यार्थीहरू अहिले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्न पाउँदा निकै हर्षित देखिएको अन्सारीले बताउनुभयो ।

 

पाठ्यपुस्तकमा स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, भाषा, साहित्य, ज्ञान, सीपलाई समेटिएकाले विद्यार्थीहरू निकै उत्साहका साथ पढाई प्रति जागरुग देखिएको गाउँपालिकाका अध्यक्ष अन्सारीको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीहरू आफ्नै गाउँ ठाउँका विषयहरू पुस्तकमै पढ्न पाउँदा खुसी छन् । हरिनगरको चिनारी, गाउँपालिकाका विशिष्ट व्यक्तिहरू, धार्मिक स्थलहरू, विविध जातजातिहरू, स्थानीय चाडपर्वहरू, विभिन्न भाषाका शब्दहरू, स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, हाम्रा स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन् ।”

 

आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये एक सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको शिक्षा शाखाका अजित कुमार मलिकले जानकारी दिनुभयो । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरूले पढाउनुपर्ने जनाएको छ ।

 

स्थानीय पाठ्यपुस्तक पढिसकेपछि बालबालिकाहरूले आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, तथा धार्मिक मठमन्दिर, मस्जिदहरूबारे परिचित हुने गरेको गाउँपालिकाका शिक्षा शाखाका मलिकको भनाइ छ । उहाँका अनुसार हाल कक्षा १२ सम्ममा कुल १७ हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा ८ मुनीका ११ हजार बढी विद्यार्थीले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्ने अवसर पाएका छन् । उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा भौगोलिकस्थिति, त्यहाँको वातावरण, वनस्पति, पशुपन्क्षी र तीनको संरक्षण ज्ञान र सीप दिने खालका विषयवस्तु समावेश गरिएकाले पनि विद्यार्थीहरूले हरिनगरको विषयमा धेरै कुराहरू सिकिसकेका छन् ।” यस वर्ष गाउँपालिका भित्रका ४० वटा सामुदायिक र संस्थागत विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्दै आएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले अहिले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्ने अवसर पाएको जानकारी गराउँदै अध्यक्ष गफार अन्सारी । तस्बिर : जयकृष्ण यादव ।

Previous Post

देवानगञ्जमा इजलासका लागि बेग्लै कार्यकक्ष

Next Post

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

Next Post
नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana