Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग

स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग

by नेपाल टाइमलाइन न्यूज
September 18, 2023
in स्थानीय समाचार
A A
0
स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग
8
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बजंरग दलले स्थानीय पाठ्यपुस्तकमा केही पाठ र शुद्धाशुद्धी तथा विषयवस्तु संसोधन गर्नुपर्ने माग गर्दै इनरुवा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । बजंरग दल इनरुवा नगरकार्य समिति र जिल्ला कार्य समितिले संयुक्त रुपमा संसोधन गर्नुपर्ने माग गर्दै इनरुवाका नगर प्रमुख केदार भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ, सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाक्षेत्रमा विभिन्न वर्गीय, जातीय, भाषिक, धार्मिक, लैंगिकताको बसोबास रहेको भएपनि केही सिमितलाई मात्रै पुस्तकमा प्राथमिक्ता दिएकाले त्यसमा संसोधन गर्नुपर्ने आवश्यक छ ।

दलले सबैलाई समान रुपमा व्यवहार गर्नुपर्ने राज्यको नीतिमा उल्लेख भएको भएपनि इनरुवा नगरपालिकाले प्रकाशन गरेको आधारभुत तहका स्थानीय पाठ्यपुस्तकमा त्रृटि नै त्रृटि देखिएको दावी गरेको छ । पुस्तकमा भाषिक त्रृटिसगैं विषयवस्तु प्रस्तुतिकरणमा समेत व्यापक त्रृटि देखिएको र केही धार्मिक आस्थाको केन्द्रहरुलाई उपेक्षा गरेकाले हाम्रो गम्भिर ध्यानाकर्षण भएको दलका इनरुवा नगरमन्त्री त्रिलोकनाथ गुप्ताले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष वीजय सोनीले इनरुवामा बसोबास गर्ने सबै समुदाय नगरको गहना भएकाले सबैको संस्कृति, संस्कार, इतिहास गरौवको कुरा भएकाले कक्षा १ देखी ८ सम्मको पुस्तकमा इनरुवाको धार्मिक स्थलहरुलाई प्राथमिक्ताका साथ राख्नुपर्ने माग गर्नुभयो । ज्ञापन पत्रमा इनरुवाको भगवती मन्दिर, सत्यनारायण मन्दिर, दुर्गा मन्दिर, बबिया भगवती मन्दिर, सनि मन्दिर, बुढासुब्बा थान,डिहवार थान, राजाजि थान, हनुमान मन्दिर, ग्रामथान, लाटीमाई मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, चित्रगुप्त मन्दिर, गेडराज मन्दिर, दिनाभद्री मन्दिर सहितको एतिहासिक, धार्मिक पर्यटकिय क्षेत्र, आस्थाको केन्द्रहरु तथा स्थलहरुको बारेमा वृहत रुपमा समावेश नगरी केही सिमितलाई समेटिएकाले त्यसमा तत्काल संसोधन गर्नुपर्ने माग सहित ज्ञापन पत्र पेश गरेको साहले बताउनुभयो । इनरुवामा सदियौदेखी धार्मिक सहिष्णुता कायम रहेको, भाईचाराको सम्बन्ध प्रगाढ रहेको भएपनि पाठ्यपुस्तकमा इनरुवा नगरपालिकाले ८० प्रतिशत भन्दा माथि हिन्दु समुदायलाई उपेक्षा गरेको दावी गरेको छ । दलले यहाँ हिन्दुको आस्थाको केन्द्रहरुलाई उपेक्षा गरि पाठ्यक्रम र पाठ्यपुस्तक प्रकाशन गरेकाले त्यसलाई पूर्ण रुपमा संसोधन गरेर प्रकाशन गर्न माग गरिएको छ ।

दलले राखेको मागलाई अभिलम्ब सम्बोधन नगरे र त्रृटि नसच्याएको खण्डमा बालमनोविज्ञानमा असर पर्ने र हचुवाको भरमा शिक्षा जस्तो क्षेत्रमा पुस्तक नै गलत प्रकाशन भएर गएकोले यसलाई फिर्ता लिई सुधार गरेर मात्रै लागु गर्नुपर्ने सुझाव समेत दिएको छ । नगर प्रमुख भण्डारीले त्रृटि सुधार गर्न केही व्यक्तहरुको समिति बनाएर आफूहरुले अगाडि बढ्ने तयारी गरेको प्रतिकृया दिनुभयो ।

Previous Post

इनरुवामा बहुसांस्कृतिक पार्क

Next Post

चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा 

Next Post
चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा 

चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana