सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा बुधबारबाट छाडा कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको छ । जिल्लाको सदरमुकाम क्षेत्रमा रहेका घरपालुवा तथा भुस्याहा (छाडा कुकुर) कुकुरलाई बन्ध्याकरण गर्न थालिएको हो । सडकमा अनाधिकृत रुपमा भुस्याहा (छाडा कुकुर) कुकुर बढेकाले त्यसलाई नियन्त्रण गर्नका लागि बन्ध्याकरण गर्न थालिएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।
शहर र नगरमा भुस्याहा कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि इनरुवमा कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमार सिंह खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार इनरुवा नगरपालिकाको सहकार्य र कार्यालयको प्राविधिक ब्यवस्थापनमा बन्धयाकरण थालिएको हो । यहाँको सहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि बन्ध्याकरण सुरु गरिएको इनरुवा नगरपालिका पशु सेवा शाखाका प्रमुख डा. राजकुमार यादवले जानकारी दिनुभयो ।
उहाँले यस वर्ष ५० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएर काम सुरु गरेको बताउनुभयो । प्रमुख यादवले बन्ध्याकरणले भुस्याहा कुकुरको संख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताउनुभयो ।
भुस्याहा कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको प्रमुख डा.यादवले बताउनुभयो । भुस्याहा (छाडा कुकुर) कुकुर नियन्त्रणसगैं कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्यले बन्ध्याकरण अभियान सञ्चालन गरेको जनाएको छ ।
पछिल्लो समय इनरुवा नगरपालिकाको मूख्य बजार सहित बबिया, जल्पापुर, मधेसा, चान्दबेला, डुम्राहा सहितका विभिन्न स्थानमा भुस्याहा कुकुरले झुण्ड बनाएर परेवा, कुखुरा, हासँ, बाख्रा सहित साना पशुहरुमा आक्रमण गर्ने कार्य बढिरहेको पशु प्राविधिकहरुले बताएका छन् । उहीहरुले दैनिक जसो २÷३ वटा कुकुरले टोकेका पशुहरु उपचारको लागि पशु शाखामा आउने गरेको जानकारी दिएका छन् ।
भुस्याहा कुकुर जथाभावी आक्रमण गर्ने थालेपछि भुस्याहा कुकुरलाई व्यवस्थापन गर्न बन्ध्याकरण गर्न सुरु गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । भण्डारीले नगर क्षेत्रमा सबै भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्ने गरी काम थालिएको वताउनुभयो ।
यसैबीच पशु सेवा शाखा इनरुवाले कुकुर बन्ध्याकरण शिविरसगैं एण्टी रेविज भ्याक्सिनेसन सञ्चालन गरेको छ । भुस्याहा कुकुरले बाटो हिडने बटुवालाई आक्रान्त पारिरहेको अवस्थामा बन्ध्याकरण सुरु गरेको जनाएको छ । बन्ध्याकरण र एण्टी रेविज भ्याक्सिनेसन असोज १३ गतेसम्म
संचालन हुनेछ ।
१, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सुनसरीले भुस्याहा (छाडा कुकुर) कुकुरलाई नियन्त्रण गर्नका लागि बन्ध्याकरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





