इनरुवा, बैशाख १८ गते । सुनसरी सदरमुकाम इनरुवामा नेकपा माओवादी केन्द्रका उम्मेदबारहरुको घरदौलौ कार्यक्रम जारी रहेको छ । माओवादीका जिल्ला संयोजक पप्पु मण्डल, नगर अध्यक्ष तोया गिरी सहित नगर प्रमुखका उम्मेदबार विमला पोखरेल, उपप्रमुखका उम्मेदबार ओके दाहाल र इनरुवा ९ का वडा अध्यक्षका उम्मेदबार लक्ष्मण यादव सहित सदस्यहरु घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । इनरुवाका १० वटा वडामा सबै भन्दा बढी ९ नम्बर वडामा बबियाका वडा अध्यक्ष पदका उम्मेद्वार लक्ष्मण यादव सहितका घरदैलौलाई तिव्र पार्नुभएको छ । शुक्रबार साविक बबिया ४ र इनरुवा ९ हाल इनरुवा ५ बलाहा टोलमा पार्टीका तर्फबाट मेयर पदका उम्मेद्वार पोखरेल, उप मेयर पदका उम्मेद्वार दाहाल सहित घरदैलौ गर्नुभएको र आज पनि इनरुवा ९ बबियामा कार्यक्रम जारी राख्नुभएको छ । इनरुवा ९ का वडा अध्यक्ष पदका उम्मेद्वार लक्ष्मण यादव, सदस्यहरु शुक्र खत्वे, महिला सदस्य पावर्ती खत्वे र सरस्वती उराँव मियाँ सहितले घरदैलामा लाग्नुभएको पार्टीले जनाएको छ । पार्टीका नेता रमेश भट्टराईका अनुसार सयौंको संख्यामा बबियामा भव्य घरदैलौ कार्यक्रम भईरहेको छ ।
उता सुनसरी सदरमुकाम इनरुवामा विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदबारहरुको घरदौलौ जारी रहेको छ । सोही क्रममा नेकपा एमाले पार्टीका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । इनरुवाका १० वटा वडामा सबै भन्दा बढी २ नम्बर वडामा नेकपा एमाले वडा अध्यक्ष पदका उम्मेद्वार विश्वनाथ ठाकुर सहितका घरदैलौलाई तिव्र पार्नुभएको छ । सनिबार साविक इनरुवा ७ हाल इनरुवा २ मगर टोलमा ठाकुरले सदस्यहरु ,महिला सदस्य र दलित महिला सदस्यको साथ घरदैलामा लाग्नुभएको पार्टीले जनाएको छ ।