Sunday, October 26, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड

इनरूवा नगरपालिकाको १४ औं अधिवेशन तस्बिर रविन्द्र कुमार यादव।

by नेपाल टाइमलाइन न्यूज
January 12, 2025
in स्थानीय समाचार
A A
0
इनरूवा नगरपालिकाको १४ औं अधिवेशन डम्पिङ साइटमा सम्पन्न, पारदर्शिता र विकासमा जोड
11
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव,

विराटनगर, पुस २८ गते । सुनसरीको सदरमुकाम इनरूवा नगरपालिकाको १४ औं अधिवेशन तथा नगर सभा आइतबार सम्पन्न भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भएका कामको समीक्षासहित बजेट, नीति, र कार्यक्रमको संशोधन र सुधारका लागि यो अधिवेशन गरिएको हो।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले १३ औं अधिवेशनबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमका उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा आय ४५ प्रतिशत र व्यय २७.९२ प्रतिशत रहेको छ।

सभाले ६ वटा कानुन स्वीकृत गरेको छ, जसमा श्र्रोत पुनः प्राप्ति केन्द्रबाट निस्कने सामग्री बिक्री सम्बन्धी कार्यविधि, संघ/संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, आर्थिक सहायता कार्यविधि, छात्रवृत्ति वितरण कार्यविधि, सहकारी नियमावली लगायतका कानुनहरू समावेश छन्।

हालसम्म २६ वटा योजनाका ठेक्का सम्झौता भइसकेका छन् भने केही कार्य सम्पन्न भएको जानकारी नगर प्रमुख केदार भण्डारीले दिनुभयो ।

उपप्रमुख विनिता मेहता, वडा अध्यक्ष, र सदस्यहरूले विकासका गतिविधिमा तीव्रता, भौतिक पूर्वाधार निर्माण, पारदर्शिता, र कर प्रणाली सुधारको आवश्यकता रहेको सुझाव दिए।

इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेलले विकासमा समानुपातिक ध्यान दिनुपर्ने बताउनुभयो। इनरुवा ४ का वडा अध्यक्ष बौवालाल मेहताले पर्यटन प्रवर्द्धन र खोला नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र इनरुवा १० का वडा अध्यक्ष खलिल मियाँले बबिया-जल्पापुर सडक खण्डको समस्या समाधान र बाटो कालोपत्रे गर्ने माग राख्नुभयो।

यस पटकको अधिवेशन इनरुवा नगरपालिका ८ डुम्राहास्थित श्र्रोत पुनः प्राप्ति केन्द्र (डम्पिङ साइट) मा आयोजना गरियो। यसले डम्पिङ साइटलाई फोहर व्यवस्थापनको प्रभावकारी मोडेलका रूपमा प्रस्तुत गरेको नगर प्रमुखले बताउनुभयो।

 

नगरपालिकाले प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउँदै, सभा थप निर्णयका लागि भोलीसम्मकालागि स्थगित गरेको छ।

 

Previous Post

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न

Next Post

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

Next Post
अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana