सुनसरीको कोशी गाउँपालिका–१ र ५ नम्बर वडाका विपन्न ४७ परिवारलाई निःशुल्क बाख्रा र बंगुर वितरण गरिएको छ । कोशी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तरगत बाख्रा र बंगुर वितरण गरिएको जनाएको छ ।
गरिबी निवारण गर्नका लागि दुई वडाका विपन्न एवं दलित परिवारलाई बाख्रा र बंगुर वितरण गरिएको गाउँपालिका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार प्रत्येक परिवारलाई एक–एकवटा माउ बाख्रा २२ वटा र बंगुरको पाठी २५ वटा गरी ४७ वटा बंगुर र बाख्रा वितरण गरिएको छ । बाख्रा पाउनेमा १ र ५ नम्बर वडाभित्रका सदा र डुम समुदायका ४७ घर परिवार रहेका छन् ।





