सुनसरीको सदरमुकाम इनरुवामा सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको १५ औं श्रृखला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारहरुको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाको १५ औं श्रृखला सनिबार सम्पन्न भएको हो ।
गित, गजल, कविता र लघु नाटक सहित १५ औं श्रृखला इनरुवा–३ को जनता आधारभुत विद्यालयको समन्वयमा सम्पन्न भएको जनाएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्र सहित इटहरी उपमहानगरपालिका र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो । सम्पन्न कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सम्पन्न भएको कार्यक्रममा साहित्यकार फडिन्द्र प्रसाद दाहाल, टिका सिवाकोटी, कान्ता पोखरेल भट्टराई, बिमला पोखरेल, कृष्ण प्रसाद नेपाल, शुष्मा तिमिल्सीना, इनरुवा ३ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, चिरञ्जीवी रेग्मी, निरज कोईराला, द्धारिका प्रसाद पोखरेल, निमेश कोईराला, रामकृष्ण मेहता, अमित यादव, शिवनारायण यादव, मीना तिमिल्सना, यादव भण्डारी, कालु राम गुरुगं , रंगलाल भट्टराई, प्रकाश अनुराग, द्धबिन्द्र कुमार लुईटेल , अनु कोईराला, टिका शिवाकोटी, पत्रकार जयकृष्ण यादव, इटहरीका टिका मिलन, साहित्यकार पुरुषोत्म घिमिरे र सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।





