Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

by नेपाल टाइमलाइन न्यूज
May 20, 2023
in मुख्य खबर
A A
0
उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताएका छन्।

 

अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

 

उनले भने, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अप्ठ्याराहरू छन्। हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरूद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको सञ्चार भएको छ। सरकार जस्तोसुकै अप्ठ्याराहरू सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो।’

 

नेतृत्वले निकै ठूला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताए।

 

तीन ठूला दलका शीर्ष नेताहरूबीच हुने गरेको छलफलका विषयलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर नबुझ्न उनको आग्रह थियो।

 

शेरबहादुर देउवा र केपी ओलीसँगको आफ्नो छलफल संसद सञ्चालनको विषयमा हुने गरेको प्रधानमन्त्रीले स्पष्ट पारे।

 

‘सदनलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्नेमै हामीहरूका बीचमा छलफल भएको हो’, प्रधानमन्त्रीले भने।

 

देशमा नेपाली जनताले दशकौं संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस हुने गरेको भन्दै परिर्वतनका पक्षमा फेरि एकचोटि सहकार्यको आवश्यकता हुनसक्छ भनेर आफूहरू छलफलमा बस्ने गरेको प्रधानमन्त्रीको भनाइ थियो।

 

उनले सुशासनको निम्ति नक्कली भुटानी शरणार्थी मात्रै नभई भ्रष्टाचारका सबै फाइलहरू खोलिने विश्वास दिलाए।

Previous Post

हेरेकै भरमा रोग निको पार्ने भन्दै टिकटकमा भाइरल ‘गुरु’लाई कारबाही गर्न चिकित्सक सङ्घको माग

Next Post

भर्ना सकिएपछि शुल्क निर्धारण

Next Post
भर्ना सकिएपछि शुल्क निर्धारण

भर्ना सकिएपछि शुल्क निर्धारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana