Friday, April 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो

जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो

by नेपाल टाइमलाइन न्यूज
September 21, 2023
in मुख्य खबर
A A
0
जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो
11
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । कुनै पनि नागरिकको जीवनसँग जोडिएको विषय जमिन हो । जमिनसँग प्रत्यक्ष जोडिएको कार्यालय भनेकै नापी तथा मालपोत कार्यालय हो । त्यही जग्गाको कारोबार गर्न टाढा-टाढाबाट आएका नागरिक हप्तौँसम्म सेवाका लागि पालो बस्नुपरेको दुखेसो पोख्दै आएका छन् ।

मधेस प्रदेशको सुगम जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो बाहिर आएको छ । मालपोतमा काम गर्न लामबद्ध कुरेका छन् तर काम भने नभएको सप्तरीको बलान विहुल गाउँपालिकाका सेवाग्राहीको गुनासो रहेको छ ।

मालपोतमा सेवा लिने आउने नागरिक भन्छन् सिंहदरबार गाउँ-गाउँमा आयो भने तर हामी नागरिकका लागि नयाँ प्रविधि सास्ती बनेको छ । जे आए पनि हुने खानेहरूका लागि मात्र आएको उनीहरूको दुखेसो छ ।

सप्तरी सदरमुकाम राजविराज स्थित भुमिसुधार तथा मातपोत कार्यालयमा सेवाग्राहीले समयमा काम नभएको र सास्ती भएको गुनासो गरेको भएपनि कार्यालयमा राती साढे ६ बजेसम्म कर्मचारी भेटिन्छ । यी कर्मचारीहरुले सेवाग्राहीको काम भन्दा विचौलिया र घुस रकम खुवाउनेको काम गर्न कार्यालय समयपछि राती साढे ६ बजेसम्म कर्मचारी भेटिने गरेको फेला परेको छ ।

विहीबार मात्रै राती साढे ६ बजेसम्म मालपोत कार्यालयमा दर्जन बढी कर्मचारी भेटिएका छन् । कर्मचारीहरु कोही कार्यकक्षमा त कोही परिसरमा काम भन्दा विचौलिया र घुस रकम उठाउनमा व्यस्त देखिएका थिए । मालपोत कार्यालयमा नेट राम्रोसँग चल्दैन त कागज मिलेको छैन भनेर कर्मचारीहरुले घुमारो पाराले घुस खाने गरेछन् । अर्कातिर कम्प्युटर अपरेटरले गर्ने काम हामी कर्मचारीलाई गारो छ, कम्प्युटर अपरेटरले नभएका कारण पनि मालपोतको कामकाजमा ढिलासुस्ती हुने गरेको मालपोत कार्यालय प्रमुख शिवसरण पंडितले बताउनु्भो ।

एक सेवाग्राहीले भने मालपोत कार्यालयमा जग्गाको कारोबारो गर्न हप्तौ धाउनुपर्ने बाध्यता रहेको छ । उनले भने, ’मालपोत कार्यालय आएको एकसाता भन्दा बढी भयो तर काम भने हुन सकेन । उनले थपे दैनिक कार्यालय धाउने काम मात्रै भयो, तर काम भने भएन । अझै कतिदिन लाग्ने हो थाहा छैन ।’ उनले एक घण्टामा हुने कामका लागि हप्ता दिन लाग्दा खर्च धेरै लागेको छ । दैनिक खाजा र घरबाट सदरमुकामसम्म आउदाँ एक हजार पाँच सय रुपैया खर्च लाग्ने गरेको बताए ।

अर्का एक स्थानीय सेवाग्राहीले मालपोत कार्यालयमा जग्गाको लालपुर्जा बनाउन आएको लामो समयदेखि कार्यालय धाउँदा पनि सेवा नपाएको गुनासो गरे । त्यस्तै, राजविराजका अर्काको पनि गुनासो मिल्दोजुल्दो छ । उनी भन्छन्, ’भदौ १९ देखि मालपोत कार्यालय धाउँदै आएका छु् । दाजुभाइको जग्गा भागबण्डा गरी लालपुर्जा अर्थात् मोड कायम गर्न आएको हुँ ।’ फाँटवालासँगको मिलोमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुन्छन् तर हामी जस्ता सोझा साँझा लाइनमा बस्ने व्यक्तिको काम नहुने गरेको उनको गुनासो छ ।

सप्तरीको मालपोत कार्यालयमा दैनिक ६०-१५० जना विभिन्न कामका सेवाग्राहीको भिड लाग्ने गरेको छ । तर, दिनमा मुस्किलले ३० जनाले मात्र सेवा पाउने गरेका छन् । सरकारले मालपोत कार्यालयलाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको कतिपयको गुनासो छ ।

कार्यालयका रजिष्टेसन (क) का नायव सुब्बा खिलराज अधिकारीका अनुसार रातीसम्म सेवाग्राहीकै कामका लागि बसेको तर सधै नभई आजमात्रै यस्तो भएको हो । विगतमा मालपोतको काम सबै लिखित रुपमा ढड्डाबाटै हुने गरेकामा केही वर्षयता नेपाल सरकार मालपोत विभागको लक्ष्यअनुसार अनलाइन प्रणालीबाट गएको सेवा दिन ढिलासुस्ती हुने गरेको दावी गरे ।कित्ता काट खुलेकाले पनि सेवाग्राही बढेको र कामको चाप बढेको दावी गरे ।

उनले भने, ’अहिले अनलाइन र ढड्डाबाट दुवै तरिकाबाट काम गर्नु पर्ने हुन्छ । अनलाइनबाट छिटोछरितो गर्नका लागि पहिला सेवाग्राहीका कागजात सवै कम्प्यूटर तथा सप्टवरमा इन्ट्री गर्नुपर्छ’ उनले थपे, ’साथै ढड्डामा पनि राख्नु पर्ने भएकाले यस्तो समस्या भएको हो । तर सप्टवरमा इन्ट्री भएका सेवाग्राहीले छिटै सेवा पाउने गरेका छन् । अर्को कुरा यहाँको इन्टरनेट पनि द्रुतगतिको छैन ।’

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत इकाई समिति राजविराजका अध्यक्ष श्रीलाल यादवले पहिला आउने सेवाग्राहीलाई पहिलो सेवा दिन टोकन प्रणालीबाट सेवा दिनुपर्ने, घुसखोरी बन्द गर्नुपर्ने, कार्यालय समयमा विहान सेवा सुरु गर्नुपर्ने, सेवाग्राहीलाई सास्ती दिन बन्द गर्नुपर्ने आवश्यक रहेको प्रतिकया दिए । उनले एकदिनमा कति जानलाई सेवा दिने भन्ने टोकन प्रणालीबाट सेवा दिनुपर्ने र त्यसको सूची पनि प्रकाशन गरेर सेवाग्राहीलाई सेवा लिन सहज हुने काम गर्नुपर्ने सुझाव दिए ।

यादवले पैसाको बलमा हामिकले घरमा समेत काम गर्ने गरेको आरोप लगाए । उनले सेवाग्राहीलाई बाध्यतामा पारेर रमक असुली गर्ने गरेको दावी गरे ।

उता सेवाग्राहीहरुले रजिष्टेसन (क) र (ख) मा प्रतिसेवाग्राहीबाट एक हजार रुपैयादेखी १० हजार रुपैयासम्म लिने, ३ बजेसम्म मोठ भिडाउने र त्यसपछि काम नगर्ने, फाटमा प्रति लिखत मागेर नै ५०० देखी १००० रुपैयासम्म लिने गरेको गुनासो गरेका छन् ।

कार्यालयसमयमा नआउने फाईलमै पैसा दिनेहरुको काम अगाडी गर्ने, नदिनेको कामै नगर्ने वा वाहानाबाजी गर्ने, देखाउन कार्यालय प्रवेशमा लेखापढीलाई रोकेको भएपनि त्यस बिचमा नागरिकलाई सास्ती दिएर रकम उठाउने गरेको एसासिएसनका सचिव बद्री नारायण यादवले बताए । यादवले अवैध असुली बन्द गर्नुपर्ने र लोकन प्रणाली लागु गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरे ।

Previous Post

भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

Next Post

ओली बिर्तामोडस्थित भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेको भीड (हेरौं तस्बिरमा)

Next Post
ओली बिर्तामोडस्थित भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेको भीड (हेरौं तस्बिरमा)

ओली बिर्तामोडस्थित भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेको भीड (हेरौं तस्बिरमा)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana