Friday, April 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

by नेपाल टाइमलाइन न्यूज
September 20, 2023
in स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको छ। प्रभात फेरि कार्यक्रम सँगै राष्ट्रिय झन्डा ताेलन र जनप्रतिनिधि , कर्मचारी तथा विभिन्न राजनीतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवस मनाइएको हाे ।

आज बुधबार विहान ७ बजे संविधान दिवसको अवसरमा गाउँपालिकाकाे कार्यालयबाट “संविधान दिवस सफल पाराैं” भन्ने मुल नाराका साथ र्याली सहित चिराैली चाैक परिक्रमा गरेर संविधान दिवस मनाइएका छन् ।

संविधान दिवसको अवसरमा गाउँपालिका कार्यालयकाे मुल गेटमा प्रहरी चाैकी चिराैलीका प्रहरी सहायक निरिक्षक तारा चुडालकाे समन्वयमा नेपाल प्रहरीको सलामी सहित गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले राष्ट्रिय झन्डा ताेलन समेत गरिएको छ ।

त्यसैगरी जनप्रतिनिधि , कर्मचारी तथा विभिन्न राजनीतिक दलहरूसँग संविधान दिवसको अवसरमा आयाेजना गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँ पालिका अध्यक्ष अजमल अख्तर आजादले बाेल्दै भने हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता:नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै संविधान दिवस मनाइएको बताए ।

उनले भने राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक– पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै संविधान दिवसकाे अवसरमा गाउँपालिकाकाे कार्यालय, वडा कार्यालय, स्वास्थ्य चाैकी लगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय सँगै गाउँपालिकावासीहरूकाे घरघरमा साँझ दीपावली मनाउन आग्रह गर्दै भव्यताका साथ संविधान दिवस मनाउन लागि आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष सुनिता कुमारी उराँवले सम्पूर्ण गाउँवासीहरूलाई संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भने सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै घरघरमा संविधान दिवसको अवसरमा जनचेतना फैलाउनु पर्ने बताइन् ।

साेही कार्यक्रममा विकासप्रेमी प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बाेल्दै भने बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै संविधान दिवसकाे अवसरमा विविध कार्यक्रमकाे आयाेजना गरि मनाइएको बताए ।

उनलेे भने जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संविधान संरक्षण गर्नका लागि संविधान दिवस मनाउन आवश्यक रहेको बताए ।

साेही अवसरमा नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहालले भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी जारी भएको संविधान संरक्षण गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेकपा ऐमाले भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डल , नेकपा माओवादी भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष श्यामदेव यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले समेत संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

साे कार्यक्रममा सशस्त्र प्रहरी बल बिओपी लाैकहीका सशस्त्र प्रहरी निरिक्षक अमित बहादुर बिक, इलाका प्रहरी कार्यालय लाैकहीका नायव निरिक्षक राजन कार्की, प्रहरी चाैकी चिराैलीका प्रहरी सहायक निरिक्षक तारा चुडाल, प्रहरी चाैकी आकाहाका प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर थापा लगायतका जनप्रतिनिधि, कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरूकाे उपस्थित रहेको थियो ।

Previous Post

वृक्षारोपण गरी संविधान दिवस मनाइयो

Next Post

जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो

Next Post
जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो

जिल्ला सप्तरीमा मालपोत कार्यालयमा ढिलासुस्ती बढेपछि नागरिकलाई सास्ती भएको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana