Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सशस्त्र प्रहरी महानिरीक्षकले भने- ‘२०३ रुपैयाँले दिनभर चार छाक खानुपर्छ

सशस्त्र प्रहरी महानिरीक्षकले भने- '२०३ रुपैयाँले दिनभर चार छाक खानुपर्छ समस्या छ ,हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने

by नेपाल टाइमलाइन न्यूज
September 21, 2023
in मुख्य खबर
A A
0
सशस्त्र प्रहरी महानिरीक्षकले भने- ‘२०३ रुपैयाँले दिनभर चार छाक खानुपर्छ
9
SHARES
Share on FacebookShare on Twitter

समस्या छ ,हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्न ! काठमाडौंमा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ’काठमाडौँ — सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए ।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए ।’रासनसम्बन्धि समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने ! उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ । रासनको अवस्था यस्तो छ,’ उनले भने । सांसदहरूले एक छाकको २ सय ३ रुपैयाँ कि दिनभरका लागि ? भनेर चासो राखेका थिए ।कांग्रेस सांसद दिलेद्रप्रसाद बडू, सरिता प्रसाईं, एमालेका रघुजी पन्त, राप्रपाका बुद्धिमान तामाङ, जसपाका प्रकाश अधिकारीले सुरक्षाकर्मीका लागि दैनिक रासनको रकमबारे चासो देखाएका थिए । उक्त रकम अत्यन्तै न्यून रहेको उनीहरूको भनाइ थियो ।

त्यसपछि महानिरीक्षक अर्यालले थपे, ‘तर, ठाउँठाउँमा रासनको यस्तो भयो, दुरुपयोग भयो भन्ने कुरा पनि आउँछ । हामी कहीँ गएर एउटा साधारण रेष्टुरेन्टमा खाँदा कति खर्च हुन्छ ? यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अवस्था आएको छ ।’ रासनका लागि आउने रकममा दुरुपयोग नभएको उनको भनाइ थियो ।’२०३ रुपैयाँले दैनिक २ छाक खाना र २ पटक खाजा खानुपर्छ । हामीले समूहमा पकाएर खाँदाखेरि कहिले काँचो हुन्छ, कहिले दाल पुग्दैन, कहिले तरकारीका कुरा पनि आउँछन्,’ उनले भने, ‘हामीले बोल्दै हिँड्ने कुरा पनि भएन, आज यति ठूलो फोरममा त्यहाँसम्मको कुरा पनि राख्न पाइयो ।’महानिरीक्षक अर्यालले सीमा सुरक्षा पोस्ट बलियो नभएको, सीमामा पिच सडक नहुँदा पनि सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले सीमामा छाप्रो बनाएर भएपनि सुरक्षामा खटिइरहेको भन्दै बजेट थप्नुपर्ने आग्रह गरेका थिए ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थिति थियो

Previous Post

महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात

Next Post

प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

Next Post
प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana