Monday, February 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र

by नेपाल टाइमलाइन न्यूज
March 30, 2025
in मुख्य खबर
A A
0
कोशी प्रदेश पर्यटन प्रवर्द्धनबारे प्रधानमन्त्री ओलीसँग छलफल, पर्यटन वर्ष २०८२ को तयारी तीव्र
14
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । कोशी पर्यटन वर्ष २०८२ को तयारी तीव्र रूपले भइरहेको, पर्यटन प्रवर्द्धन तथा कोशी प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष छलफल सम्पन्न भएको छ। पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ मनाउनुको औचित्य, संघीय सरकारको सहयोग, प्रदेश सरकार र निजी क्षेत्रको सहभागिता तथा पर्यटनलाई आर्थिक मेरुदण्ड बनाउन आवश्यक रणनीतिबारे छलफल गर्नुभयो।

भेटघाटका क्रममा मन्त्री मण्डलले कोशी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्दै संरचना विकास, प्रवर्द्धन नीति र लगानी वृद्धि गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री ओलीले पर्यटन प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको र कोशी प्रदेश पर्यटन वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस छलफलपछि आगामी चैत्र २७ गते प्रधानमन्त्री ओलीकै जन्म जिल्ला तेह्रथुमको गुराँस राजधानी, आरआर गार्डेनमा पर्यटन वर्ष २०८२ को औपचारिक शुभारम्भ गर्न उहाँलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। कोशी प्रदेश सरकारले पर्यटनलाई दीर्घकालीन राष्ट्रिय पूँजीको आधारका रूपमा विकास गर्ने रणनीति अनुरूप पर्यटन वर्षलाई ऐतिहासिक बनाउन तयारी तीव्र बनाएको छ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादद्वारा ईद-उल-फित्रको शुभकामना

Next Post

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

Next Post
सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

सेन्टर प्लाजामा आगलागी: कोशी प्रदेशका मन्त्री मण्डलले क्षतिको निरीक्षण गरी सहयोगको पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana