विनोद कुमार मेहता । नरसिंह
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहको पशु सेवा शाखाका कर्मचारीको चरम लापर्वाही बढेको पाइएको छ । कार्यालय समयमा नआउने र कहिले काही आएर हप्तादिनको हाजिरि गर्ने गरेको पाइएको छ । पशु सेवा शाखाका प्रमुख कैयुम अंसारीले कार्यालय समयको ख्याल नगरेको र अन्य कर्मचारी भएकाले ढिलासुस्ती गरेको गुनासो आएको हो । गुनासो आएकाले जज न्यूजले गरेको अनुगमनका क्रममा सेवा कार्यालय भएपनि सेवा नपाउदाँ सेवाग्राहीलाई सास्ती भएको पाइएको हो ।
गाईभैसी, बाख्रा, सुगुर बंगुर र पञ्छी समेतको सेवा र उपचारका लागि सञ्चालनमा आएको नरसिंह पशु सेवा शाखाका प्रमुख अंसारी निजी काममा र सेवाग्राहीको घरमा गएर एक सय ५० देखी पाँच सय रुपियाँसम्म लिने गरेको स्थानीय सेवाग्राही सुमन साहले गुनासो गर्नुभयो । कर्मचारीको चरम लापर्वाही बढेकाले सेवाग्राही मारमा परेको पाइएको छ । वडा अध्यक्ष बौवालाल यादवले पनि नरसिंहको पशु सेवा शाखाका कर्मचारीको चरम लापर्वाही बढेको गुनासो आएको र त्यसमा निगरानी बढाउने प्रतिकृया दिनुभएको छ ।