Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

व्यावसायिक पत्रकारिता आजको आवश्यकता

व्यावसायिक पत्रकारिता आजको आवश्यकता

by नेपाल टाइमलाइन न्यूज
May 21, 2023
in समाचार
A A
0
व्यावसायिक पत्रकारिता आजको आवश्यकता
10
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ।

 

नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले सञ्चारकर्मीले सत्य तथ्य समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो।

 

उहाँले सूचना र प्रविधिको प्रयोग मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो। सूचना र प्रविधिको विकासले विश्वलाई एउटा गाउँको स्वरूप दिएको चर्चा गर्दै उहाँले प्रविधिको दुरुपयोगले समाजमा निम्तिएका विभेदतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

पूर्वअर्थ मन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले जटिल अर्थतन्त्रका बावजुद नेपाल श्रीलङ्का र पाकिस्तानको बाटोमा नजानेसमेत ठोकुवा गर्नुभयो। मुलुकलाई उत्साहका साथअगाडि बढाउने र देशको अर्थतन्त्रलाई लयमा ल्याएर नेपालीको विकास निर्माणको अभिलाषा पूरा गर्न हालको शुक्रबार प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमले बाटो देखाएको दाबी उहाँले गर्नुभयो।

 

सो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले विषम परिस्थितिबाट मुलुकअगाडि बढेको वर्तमान अवस्थामा सबै श्रमजीवी पत्रकारबीच एकता अपरिहार्य रहेको चर्चा गर्नुभयो।

Previous Post

नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन तयार

Next Post

भाेक्राहा नरसिंह पालिका अध्यक्ष अजमल अख्तरले गरे हज यात्रीलाई विदाइ

Next Post
भाेक्राहा नरसिंह पालिका अध्यक्ष अजमल अख्तरले गरे हज यात्रीलाई विदाइ

भाेक्राहा नरसिंह पालिका अध्यक्ष अजमल अख्तरले गरे हज यात्रीलाई विदाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana