बिराटनगर । विराटनगर स्थीत नोवेल अस्पतालमा एक बालिका को मुटुको पवाल (एट्रियल सेप्टल डिफेक्ट) बिना शल्यक्रिया सफलतापुर्वक भएको डा. प्रतिमा यादव जानकारी दिनु भयो ।
नोवेलको मुटु रोग विभागका पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादव नेतृत्वको चिकित्सा टोलीले जन्मजात मुटुमा प्वाल परेको ९ बर्षिया बालिकाको मुटुको पवाल (एट्रियल सेप्टल डिफेक्ट) बिना शल्यक्रिया गरेको उनको मुटु भित्रको चार खण्ड मध्ये माथिल्लो दाँया र बाँया खण्ड बीचको पर्खालमा प्वाल परेको हुँदा मुटुको कार्यक्षमतामा असर पर्ने जसको कारण मुटु र फोक्सोमा असर बढ्दै जाने भएको हुँदा उक्त प्वाललाई विना चिरफार दाहिने जाँघको नशाबाट क्याथेटरको मद्धतले विशेष प्रकारको जाली वा डिभाइसले बन्द गरिएको हो, बालिकाको स्वास्थ्य अवस्था राम्रो भएकोले अस्पतालबाट डिस्चार्ज गरिएका छन् । बालबालिकाको जन्मजात मुटुमा भएको प्वाल टाल्ने प्रविधि हाल सम्म काठमाडौंमा मात्र रहे पनि आफ्नो स्थान केन्द्र पर्ने स्थानमा यो सेवा प्राप्त गरेपछि सोचे भन्दा राम्रो उपचार भए विरामीको अभिभावकहरु खुशी भएर डा. टीम समुहलाई धन्यवाद व्यक्त गरेका छन्





