ईनरुवा । इनरुवा नगरपालिकाकाे विभिन्न वडामा डेङ्गु रोगको प्रकोप र संक्रमण बढेको भन्दै डेङ्गु रोग नियन्त्रण गर्न खोज र नष्ट गर, अभियान सुरु गरेको छ। नागरिकहरूलाइ लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोज्न र नष्ट गर्न अभियान नै सुरु गरेको हो। बुधबार सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा डेङ्गु रोग नियन्त्रण गर्न खोज र नष्ट गर, अभियान सुरुवात गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेको संयोजकत्वमा र स्वास्थ्य कार्यालय सुनसरीको आयोजनामा इनरुवा बस चौकदेखि अभियानको शुभ आरम्भ भएको अभियानमा सहभागी उधोग बाणिज्य संघ इनरुवा अध्यक्ष बीरेन्द्र कुमार साहले जानकारी दिनु भयो।।
साहले सबै वडामा नगरबासीलाई आ आफ्नो घर वरिपरि सफा राखौ र सुरक्षित बनौ र डेङ्गु रोग नियन्त्रण गर्न खोज र नष्ट गरौं, सन्देश अभियान मार्फत प्रवाह गरेको बताउनु भयो। अभियानका संयोजक प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै नागरिक, वडा,टोल,गाउ,नगर सबै दायित्व भित्र अभियान पर्ने भएकोले अभियान सफल पार्नुपर्ने बताउनु भयो। स्वास्थ्य कार्यालय सुनसरीको आयोजनामा इनरुवा बस चौक देखि शुभ आरम्भ भएको अभियान प्रभावित ठाउँमा केन्द्रित भएर काम गर्ने स्वास्थ्य प्रमुख सागर प्रसाइले बताउनुभयो।
१, इनरुवा बस चौक देखि शुभ आरम्भ भएको डेङ्गु रोग नियन्त्रण गर्न खोज र नष्ट गर, अभियानमा सहभागीहरु।
तस्बिर : विरेन्द्र साह। इनरुवा





