Friday, April 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मौसमी कामदार पठाउन श्रम स्वीकृति प्रदान भएको छैन, प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

मौसमी कामदार पठाउन श्रम स्वीकृति प्रदान भएको छैन, प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

by नेपाल टाइमलाइन न्यूज
August 3, 2023
in समाचार
A A
0
मौसमी कामदार पठाउन श्रम स्वीकृति प्रदान भएको छैन, प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय
9
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको बताएको छ ।

 

पछिल्लो समय मौसमी कामदारको रूपमा विभिन्न देशमा पठाउने प्रलोभन देखाइ ठगी भएको पाइएको भन्दै मन्त्रालय मौसमी कामदारको रूपमा कुनै पनि देशमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको प्रस्ट पारेको हो ।

 

पछिल्लो समय मौसमी कामदारको रूपमा विभिन्न देशमा पठाउने भन्दै ठगी बढेपछि मन्त्रालयले मौसमी कामदारको रूपमा जान कोही कसैलाई पनि पैसा नबुझाउन र कोही कसैले यस्तो प्रलोभन देखाएमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

 

दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा पठाउने भन्दै पछिल्लो समय रकम उठाउने र एजेण्टहरु फरार हुने क्रम बढ्दो छ ।

 

यस्तै वैदेशिक रोजगारीमा जान विभागबाट जारी श्रम स्वीकृति बाहेक अन्य कुनै कागजातमा वैदेशिक रोजगारीमा कुनै पनि देश नजान पनि मन्त्रालयले अनुरोध गरेको छ ।

 

केही समय यता नेपाली नागरिकहरूलाई थाइल्याण्डबाट ट्राभल एडभाइजरी डकुमेन्ट मार्फत म्यानमार पुर्‍याई अलपत्र पार्ने र यातना दिने क्रम समेत बढेको छ ।

 

यसका साथै विभिन्न एजुकेसन कन्सल्टेन्सी तथा ट्राभल एजेन्सीहरुले समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गर्ने क्रम पछिल्लो समय बढेको छ । ट्राभल एजेन्सी र कन्सल्टेन्सीमार्फत सरकारले रोजगारीका लागि खुला नगरेका देशमा समेत नेपालीहरू पुगिरहेका छन् ।

 

वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीहरूले मात्र पाउँछन् ।

 

वैधानिक म्यानपावर कम्पनीबाहेक अरू कोही कसैले वैदेशिक रोजगारीको प्रलोभन देखाएमा वैदेशिक रोजगार विभागमा, जिल्ला प्रशासन कार्यालयमा, आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा खबर गर्न र वैदेशिक रोजगारबारे जानकारी लिन मन्त्रालयले अनुरोध गरेको छ ।

 

यस्ता खबर श्रम कल सेन्टरमा ११४१ नम्बरमा, नजिकको प्रहरी कार्यालयमा वा श्रम तथा रोजगार कार्यालयहरूमा समेत दिन सकिन्छ ।

Previous Post

प्रहरी महानिरीक्षकबाट प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित 

Next Post

चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

Next Post
भारतले चामल निर्यातमा प्रतिबन्ध

चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana