Monday, May 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी

by नेपाल टाइमलाइन न्यूज
August 3, 2023
in समाचार
A A
0
भारतले चामल निर्यातमा प्रतिबन्ध
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् ।

 

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले भारत सरकारले लङग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको र प्रतिबन्धको बहानामा व्यापारीले मनलाग्दी तरिकाले चामलको मूल्य बढाएको बताउनुभयो । “भारतले घोषणालगत्तै व्यापारीले आफूसँग मौज्दात रहेको चामलसमेत प्रतिबोरा २५० देखि तीन सय रुपियाँसम्म वृद्धि गरेका छन्, जसको असर सर्वसाधारण उपभोक्तामा परेको छ,” उहाँले भन्नुभयो । केही सीमित व्यापारीले मौज्दात रहेको चामल मनलाग्दी मूल्यमा बिक्री गर्दासमेत राज्यका नियमनकारी जिम्मेवार निकायले हस्तक्षेप गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

 

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले ठुला व्यापारीले चामलको मूल्य बोरामै प्रतिकेजी तीन सय बढाइसके, राज्यका जिम्मेवार निकायले किराना पसललाई अनुगमन गरेर तमासा देखाउने काम गरेको आरोप बताउनुभयो । सानो लगानी गरेर किराना पसलको अनुगमन गरेर परिणाम नआउने भन्दै उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई थोक र उत्पादक उद्योगमा अनुगमन गर्न आग्रहसमेत गर्नुभयो । किराना पसलको अनुगमन गरेर अनुगमनको सङ्ख्या बढाउनुबाहेक अन्य उपलब्धि नहुने उहाँको भनाइ छ ।

 

यता बजार भाउ नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिनदेखि उपत्यका तीनै जिल्लामा चामलको भाउको विषयमा खाद्य तथा किराना पसलमा बुझ्ने काम गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका खाद्य तथा किराना पसलको अनुगमनका क्रममा चामलको मूल्य प्रतिबोरा १५० देखि दुई सय रुपियाँसम्म महँगो भएको पाइएको जानकारी दिनुभयो । अनुगमनका क्रममा थोकमै चामलको भाउ बढेको भनिएकाले थोकमा बढ्नुको कारणबारे खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । विभागले चामल केन्द्रित भएर अनुगमन गर्दै आएको बताउँदै उहाँले प्रतिबन्धको बहानामा मूल्य वृद्धि गरेको पाइए उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही गरिने बताउनुभयो ।

 

बजारमा चामलको मूल्य बढेको हल्ला आएपछि विभागले किराना र थोक व्यवसायीका छाता सङ्गठनलाई बोलाएर एक चरण छलफल गरिसकेको छ । छलफलका क्रममा भारतले प्रतिबन्ध लगाएको बहानामा मौज्दात रहेको चामलको मूल्य नबढाउन सचेत गराएको निर्देशक भट्टराईले बताउनुभयो । भारतले चामलमा प्रतिबन्ध लगाए पनि धानमा नलगाएको र तीन महिनापछि धान उत्पादन भइसक्ने हुँदा नेपाललाई ठुलो असर नपर्ने उहाँको दाबी छ ।

 

राष्ट्रिय उपभोक्ता मञ्चले भारतले चामलमा लगाएको प्रतिबन्धले नेपालमा समस्या नहोस् भन्ने उद्देश्यले सरकारलाई छबुँदे सुझावसहित ज्ञापनपत्र बुझाइएको जनाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको हालको कदमलाई ध्यानमा राखी तत्काल किसानका माग सम्बोधन गरी समर्थन मूल्यमा पुनर्विचार गर्नुपर्ने, खाद्य व्यापार कम्पनीमार्फत भारतलगायत तेस्रो मुलुकबाट अन्तर्राष्ट्रिय बजार मूल्यमा चामल आयात गरी सहज र सुपथ मूल्यमा उपभोक्तालाई पाउने व्यवस्था गर्नुपर्ने माग सरकारसँग माग गरेको छ ।

 

नेपाल चामल, तेल, दाल उत्पादक सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले भारतमा धानको मूल्य वृद्धि भएकाले चामलको मूल्य बढेको बताउनुभयो । भारतले चामलमा लगाएको प्रतिबन्धले तत्काल नेपाली बजारमा मूल्य वृद्धि नहुने र उद्योगबाट त्यो नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष गुप्ताका अनुसार तीन महिनालाई पुग्ने चामल मौज्दात छ ।

Previous Post

मौसमी कामदार पठाउन श्रम स्वीकृति प्रदान भएको छैन, प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

Next Post

एसइई खारेजीको प्रस्ताव

Next Post
एसइई नतिजा शुक्रबारसम्ममा आउने

एसइई खारेजीको प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana