Wednesday, May 6, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मौसम हरियो चुरापोतेको

मौसम हरियो चुरापोतेको श्रोत:- गोरखा पत्र

by नेपाल टाइमलाइन न्यूज
August 5, 2023
in समाचार
A A
0
मौसम हरियो चुरापोतेको
9
SHARES
Share on FacebookShare on Twitter

साउन, प्रकृति नै हरियाली हुने महिना । यो महिनाको सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन हुन्छ भनिन्छ । सूर्य दक्षिणायन हुँदा रात लामो र दिन छोटो हुने क्रम सुरु हुन्छ । यस महिनालाई शिवजीको महिना पनि भनिन्छ र शिवको पूजा आराधना गरिन्छ ।

 

यस वर्ष साउन महिनामा अधिकमास वा मलमास प-यो । तिथि अनुसार पर्ने चाडपर्वहरू साउन महिनाको अघिपछि परे । साउन महिनामा अधिकमास परे पनि भगवान् शिवजीको पूजाआजा गर्न केही असर नपर्ने संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । साउन महिना हरेक वर्ष आउँछ र भगवान्को पूजाआजा सधैँ गरिन्छ । अधिकमास परे पनि व्रत बस्दा नकारात्मक प्रभाव नपर्ने उहाँको भनाइ छ । हिन्दु धर्म अनुसार साउने सोमबारको विशेष महत्व छ। यस दिन व्रत बस्ने, एक छाक मात्रै खाने, शिवजीको पूजा आराधना गर्ने गरिन्छ ।

 

संस्कृतिविद् टन्डनका अनुसार यसरी पूजा आराधना गर्दा शिवजीले प्रसन्न भएर सन्तान, धन, विद्या दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ । मानिसहरू व्रत बस्दा शुद्ध हुने, शिवजीलाई जल चढाउने, चोखो खाने गर्नाले त्यसै पनि स्वस्थ र लाभदायक हुने नै भयो । महिलाले व्रत बस्ने, पूजाआजा गर्ने र रातो, हरियो, पहेँलो रङका चुरापोते र तिउरीको पातबाट रङ निकालेर हात रङ्गाउने चलन परम्परादेखिकै हो तर यसमा हाल आएर परिमार्जित भएको मात्र हो । पछिल्लो समय हरियो चुरा र मेहेन्दीमा सजिने युवतीको सङ्ख्या निकै बढेको छ। विदेशीले समेत हरियो, पहेँलो चुरापोते, कपडा र मेहेन्दी लगाउन थालेका छन् ।

 

अन्य समय सुनसान हुने कस्मेटिक पसलमा साउन महिना सुरु भएसँगै किनमेल गर्नेको भिडभाड हुने गर्छ । अचेल साउन महिनालाई परम्परासँगै फेसनका रूपमा समेत लिने गरिएको छ । कतिपयले परम्परादेखि मान्दै आएको चलनलाई निरन्तता दिँदै आएका छन् भने कतिले देखावटी रमाइलोका लागि साउनलाई हेर्ने गरेका छन् ।

 

काठमाडौँ, इन्द्रचोकमा विगत २० वर्षदेखि चुराको व्यापार गर्दै आएका मोहम्मद अफताव मियाँले साउन महिनामा चुराको व्यापार वर्षभरि हुनेभन्दा बढी गर्नुहुन्छ । पछिल्लो समय फेसनका रूपमा युवतीले रोज्न थालेपछि चुराको व्यापार फस्टाएको जानकारी उहाँले दिनुभयो । यसै गरी बुद्धनगरका व्यापारी दिनेश थापा पनि साउन महिनामा हरिया शृङ्गारका सामान बढी बिक्री हुने भएकाले पसलमा यस्तै सामग्री राख्नुहुन्छ । यो सिजनल व्यापार भएकाले साउन महिनामा मात्र राम्रो व्यापार हुन्छ । अन्य समय यस्ता सामान थन्क्याएर राख्नुपर्ने उहाँको भनाइ छ ।

 

शङ्खमूलस्थित कामना ब्युटीपार्लरकी सञ्चालक कृष्णा श्रेष्ठले यो बेला हरियो, पहेँलो चुरापोते र मेहेन्दी लगाउने चलन बढेकाले पनि व्यापार बढ्ने गरेको बताउनुभयो । उहाँका अनुसार कतिले मेहेन्दी किनेर घरमा लगेर लगाउँछन् भने कतिले पार्लरमै लगाउँछन् । हातमा मेहेन्दी लगाउन न्युरोडलगायतका अन्य ठाउँमा ग्राहकको भिडभाड यो बेला देखिन्छ । फेसनका पारखीहरूले साउन महिनालाई प्रकृतिसँग जोड्ने गरेका छन् । यी पारखी हरियो रङका कपडा, हरियो रङका चुरा तथा मेहेन्दीमा पनि यो बेला सजिन्छन्, जसले प्रकृतिसँगै बजारमा पनि हरियाली छाउँछ । सामान्य फुटपाथदेखि बुटिक, ठुल्ठुला सपिङ मल, पसलहरू हरियो रङका कपडा, चुरापोतेलगायत सामग्रीले भरिएका हुन्छन् । मेहेन्दी लगाउने कलाकारलाई पनि यो बेला भ्याइनभ्याइ हुन्छ। हरियो रङलाई खुसी र शान्तिको रङ मानिन्छ। त्यही कारण हरियो रङप्रति महिलाको विशेष लगाव हुन्छ। महिला यो बेला हरियो, पहेँलो टप्स र सारी बढी लगाउँछन् । साउन महिनामा विशेष गरी हरियो तथा पहेँलो रङको व्यापार बढ्ने गरेको न्युरोडका व्यापारी मनीष गुप्ताको पनि भनाइ छ। साउन महिनामा हरियो साडी, कुर्ता, टप्स, लेहङ्गा र गाउन ग्राहकले बढी खोज्छन् । विवाहित महिलाले रातो साडी, हरियो पोते र चुरा तथा अविवाहितले हरियो र पहेँलो टप्स लगाउँछन् ।

 

साउनको सोमबार व्रत बसेमा श्रीमान्को आयु बढ्ने र अविवाहितले असल श्रीमान् पाउने धार्मिक विश्वास रहिआएको छ । यसैले यो महिनामा अधिकांश महिला हातभरि हरिया चुरा, हत्केलामा मेहेन्दी र गलामा हरियो पोते लगाएर सजिन्छन् । साउनको सोमबार कतिपय महिला त शिवजीलाई प्रसन्न बनाउन भन्दै पानीसमेत नखाई व्रत बस्छन् । विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै महिलाको आकर्षण देखिन्छ । नेपाल कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष ऋषिकेश तिमिल्सिनाले अन्य समयको तुलनामा साउन महिनामा कस्मेटिक्स व्यापार २० देखि ३० प्रतिशत बढ्ने गरेकोमा आर्थिक मन्दीसँगै उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले समग्र व्यापारमा कमी आएको जानकारी दिनुभयो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा साउन महिनामा बढी खपत हुने टीका, चुरापोते, मोतीका माला, कपडाहरू गरेर चार अर्ब २० करोड २३ लाख ९७ हजार ९८५ रुपियाँ बराबरको १ करोड ३० लाख २१ हजार ७८४ किलो सामान आयात भएको छ ।

 

यस्तै आव २०७८/७९ मा पाँच अर्ब १४ करोड ५८ लाख १० हजार ७२१ रुपियाँ बराबरको एक करोड ८१ लाख ४७ हजार ५२२ किलो सामान आयात भएको थियो । यस्तै आव २०७७/७८ मा चार अर्ब ७५ करोड ७९ हजार हजार रुपियाँ बराबको एक करोड ९४ लाख ५४ हजार ४७९ किलो सामान आयात भएको थियो ।

Previous Post

एसइई खारेजीको प्रस्ताव

Next Post

सुनसरीमा चिया-नास्ता खान र कुकुर घुमाउन सरकारी गाडीको प्रयोग 

Next Post
सुनसरीमा चिया-नास्ता खान र कुकुर घुमाउन सरकारी गाडीको प्रयोग 

सुनसरीमा चिया-नास्ता खान र कुकुर घुमाउन सरकारी गाडीको प्रयोग 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana