Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी टप्पु बन्यजन्तु आरक्षमा गैंडा

कोशी टप्पु बन्यजन्तु आरक्षमा गैंडा

by नेपाल टाइमलाइन न्यूज
September 27, 2023
in समाचार
A A
0
कोशी टप्पु बन्यजन्तु आरक्षमा गैंडा
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश र मधेस प्रदेशको सीमा बीचमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षमा विश्व पर्यटन दिवशको अवसरमा दुई वटा गैडा उपहार प्राप्त भएको छ । कोशी प्रदेशको सुनसरी र उदयपुर तथा मधेस प्रदेशको सप्तरीमा फैलिएर रहेको कोशी टप्प् बन्यजन्तु आरक्षमा बुधबार गैडा छाडिएको हो ।

आरक्षमा चितवनबाट ल्याएको पुष्पा र अन्जली नामको दुई पोथी गंैडा संघीय वन तथा वतावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतोको उपस्थितीमा छाडिएको हो । मन्त्री महतोले आरक्षको गहना र पर्यकटको आकर्षणको रुपमा गैडा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यावरण संरक्षण र दुर्लभ जनावरको संरक्षण तथा प्रजजन बढाउनका लागि समेत एक आरक्ष वा निकुञ्जबाट अर्को आरक्ष वा निकुन्जमा अर्ना, गैडा सहितको जनावर हस्तान्तरण गर्नु सार्थक कुरा भएको बताउनुभयो ।

चरा र अर्नाको राजधानी मानिएको पूर्वको पर्यटकीय स्थल कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुन्ज बनाउन प्रारम्भिक सम्भाव्यता अध्ययनका क्रममा गरेको सिफारिसका आधारमा गैडाका लागि उपयुक्त बासस्थान रहेकोले गैडा छाडिएको छ ।

नेपालको पहिलो रामरास सुचिमा रहेको तथा विश्व संरक्षण सङ्घको चौथो श्रेणीमा सूचीकृत रहेको कोशी टप्पु बन्ज जन्तु आरक्षलाई सात वर्ष पहिले नै अर्नाको सट्टा भर्ना दिइने भनिएको गैँडा प्राप्ता भएकाले स्थानीय संरक्षणकर्मी खुसी भएका छन् ।

सात वर्ष अघि यहाँबाट १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा लगिएको तर त्यहाँबाट बल्ल दुई वटा गैडा प्राप्त भएको स्थानीय सरदार मलाहा समुदाय सञ्जालका गुलावी मुखियाले बताउनुभयो । मुखियाका अनुसार यहाँबाट १५ वटा अर्नाको सट्टामा चितवन राष्ट्रिय निकुञ्जबाट १५ वटा नै गैंडा त्यहाँबाट ल्याउनुपर्नेमा बल्ल दुई वडा आएको छ ।

हाल कोशी टप्पुलाई पूर्वी नेपालको तराई मधेसमा पाइने जीवजन्तु, वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्ने र चराचुरुङ्गीको अध्ययन, अनुसन्धान र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।

यस आरक्षलाई निकुन्ज बनाएर आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्दै राजश्व संकलन गर्न सकिने पाँच वर्ष अघि एउटा अध्ययन प्रतिवेदनले देखाएपनि हाल आरक्षकै रुपमा रहेको छ ।

देशको सबै भन्दा सानो आरक्षको रुपमा रहेको र क्षेत्रफल मात्र एक सय ७५ वर्गकिलोमिटर रहेको र एक सय ७३ वर्गकिमिलाई मध्यवर्ती क्षेत्र बनाईको तर जैविक विविधताले भरिपूर्ण रहेको कोशीटप्पुमा गैडा आएपछि थप प्रोत्साहन मिलेको आरक्षका निमित प्रमुख संरक्षक अधिकृत (वार्डेन) रमेश कुमार यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार जैविक विविधताले भरिपूर्ण आरक्षमा ५ सय ८७ प्रजातिका नदी तटीय वनस्पति, चार सय ४१ अर्ना, जङ्गली हात्ती, डल्फिन, सालक, ४० प्रजातिका स्तनधारी जनावर, खरमुजुर, कालो भुँडीफोर, सेतो भुँडी फोर लगायत पाँच सय ९२ प्रजातिका चरा, १ सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतली पाइन्छ ।

आरक्ष घोषणा गर्दा २०३२ सालमा ६३ वटामात्र अर्ना थिए । हिंश्रक मांसाहारी जनावरहरु बाघ, चितुवा नभएकाले अर्ना लगायतका जीव जन्तुको सङ्ख्यामा वृद्धि भएको यादवले बताउनुभयो । आरक्षमा उत्तरी ध्रुव साइबेरियाबाट समेत हजारौंको संख्यामा पानी हांँस प्रजातिका चराहरु आउने गरेका छन् ।

 

 

१, कोशी टप्पु बन्यजन्तु आरक्षमा आरक्षको पश्चिम क्षेत्र सप्तरीको कन्चनरुप नगरपालिका ६ पथरी सेक्टरमा छाडिएको गैंडा । यहाँ संघीय वन तथा वतावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतोको उपस्थितीमा गैडा छाडिएको हो ।

Previous Post

वडा अध्यक्ष गुप्तामाथि छानविनको माग 

Next Post

नेपाली क्रिकेट टिम देखी बिश्व चकित एकै खेलमा ७ रेकर्ड

Next Post
नेपाली क्रिकेट टिम देखी बिश्व चकित एकै खेलमा ७ रेकर्ड

नेपाली क्रिकेट टिम देखी बिश्व चकित एकै खेलमा ७ रेकर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana