झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न गएका समूहले एमाले नेता कार्यकर्ताको गाडी तोडफोड गरेका छन् ।
किरात प्रदेश नाम राख्नुपर्ने भन्दै आएका पहिचानवादी पक्षधर दाबी गर्नेहरू र ‘भाइरल म्यान’ दुर्गा प्रसाईँका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको छ। युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड भएको हो । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो। सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड गरिएको हो ।





