Sunday, April 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

लेटाङ बुधबारे सडक शिलन्यास

लेटाङ बुधबारे सडक शिलन्यास

by नेपाल टाइमलाइन न्यूज
December 8, 2023
in समाचार
A A
0
लेटाङ बुधबारे सडक शिलन्यास
13
SHARES
Share on FacebookShare on Twitter

 उर्लाबारी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटाङ-६ बुधबारे सडक उत्तर पूर्वी पहाडका जिल्लासँग कोशी प्रदेशको राजधानी विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक हुने बताउनुभएको छ । शुक्रबार मोरङको लेटाङमा लेटाङ–६ नं. बुधबारे सडकको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

 

कोशी प्रदेश सरकारको लगानीमा निर्माण हुने यो सडक २९.६० किमि लम्बाईको छ । मुख्यमन्त्री कार्कीले ताप्लेजुङ र पाँचथरका बासिन्दाले विराटनगर आउन इलाम र झापा टेक्नु नपर्ने बताउँदै रणनीतिक रुपमा पनि यो सडक कोशी प्रदेशका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राँके रवि र भेडेटार नभई सिधै फिदिमबाट धनकुटाको चौविसे हुँदै मोरङको लेटाङ कानेपोखरी सडकसँग जोडिने यो सडक निर्माण भएपछि किसानको बारीबाटै किसानका उत्पादन बजारसम्म पु¥याउन सकिने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

 

कार्कीले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।” विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उहाँको भनाइ छ ।

 

मुख्यमन्त्री कार्कीले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उहाँले आग्रह गर्नुभयो ।

 

८७ करोड ३ लाख ५३ हजार २७ रुपियाँमा निर्माण सम्पन्न हुने यो सडक २०८३ को बैशाख २८ गते निर्माण कम्पनी सन्तोषी-जोया एण्ड ब्रदर्स जेभीले पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा काशी प्रदेशका सांसद खड्गबहादुर बस्नेत, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरे, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, पूर्व नगरप्रमुख शङ्कर राई, लेटाङ नगरपालिकाका उप प्रमुख कृष्णकुमारी निरौला र चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बोल्नुभएको छ ।

 

२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटाको ६ नं.बुधबारेमा ट्रयाक खोल्नका लागि सडक शिलान्यास गर्नुभएको थियो । त्यसयता उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पटक पहल भएपनि सडक निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Previous Post

दुई केजी सुनसहित तीन जना पक्राउ

Next Post

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा 

Next Post
सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा 

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana