Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

दुहबी नगर प्रहरीको प्रथम दिक्षान्त समारोह सम्पन्न 

दुहबी नगर प्रहरीको प्रथम दिक्षान्त समारोह सम्पन्न 

by नेपाल टाइमलाइन न्यूज
December 13, 2023
in समाचार
A A
0
दुहबी नगर प्रहरीको प्रथम दिक्षान्त समारोह सम्पन्न 
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । दुहबी नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । पुर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण तालिम केन्द्रमा दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छ्दारको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

 

नगर प्रमुख गच्छादारले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी सहायक निरिक्षक तथा जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे । ‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिम सम्मको जिम्मेवारी सुनसरी प्रहरी तालिमलाई सुम्पेका थियौं,’ नगर प्रमुख गच्छादारले भने–‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन । गतिशील दुहबी नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।’

 

यस्तै दंगा नियन्त्रण प्रहरी गण दुहबी कोशी प्रदेश प्रहरी तालिम केन्द्रका एस पी नारायण प्रसाद चिमरिया ले नगर पालिकाले नगर प्रहरीलाई यस खालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गरे । उनले प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटीको अनुशासन, सामूहिक भावनाको विकास, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताका साथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

 

समारोहमा दुहबी नगरपालिकाका प्रशासकीय अधिकृत राजकुमार केसीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरी दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्य क्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरे । दुहबी नगरपालिकामा कङोइको कमाण्डमा दुई जना महिला प्रहरी जवान , दुई जना प्रहरी हवलदार सहित ९ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ ।

 

दिक्षान्त समारोहमा दुहबी नगर उपप्रमुख मेनुका खतीवडाय जिल्ला प्रहरी कार्यलय इनरुवाका एस पी, बिपिन रेग्मी, दुहबी नगरपालीका का १२ वटै वडाका वडा अध्यक्ष हरु, सदस्यहरु र कार्यपालिकाका सदस्य, विभिन्न मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो ।

तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान , सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान लाइ नगर प्रमुख गच्छादर ले पुरष्कार वितरण गरेका थिए ।

Previous Post

इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा शिक्षाको बेथिति अन्त्यको माग

Next Post

नेपाल प्रहरी श्रीमती संघद्वारा लत्ता कपडा तथा स्टेनशरी बितरण

Next Post
नेपाल प्रहरी श्रीमती संघद्वारा लत्ता कपडा तथा स्टेनशरी बितरण

नेपाल प्रहरी श्रीमती संघद्वारा लत्ता कपडा तथा स्टेनशरी बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana