Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा शिक्षाको बेथिति अन्त्यको माग

इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा शिक्षाको बेथिति अन्त्यको माग

by नेपाल टाइमलाइन न्यूज
December 13, 2023
in मुख्य खबर
A A
0
इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा शिक्षाको बेथिति अन्त्यको माग
12
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएको र विधार्थी माथि खेलबाड भईरहेको भन्दै सरोकारबालाहरुले सुधारको माग गरेका छन् । विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको भन्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानद्धारा बुझाएको पत्रमा शिक्षाको बेथिति अन्त्यको माग गरिएको छ । अभियानका संयोजक दिलिपचन्द साहु र सचिव जयकृष्ण यादवले मंसिर २७ गते बुधबार प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउदै इनरुवा नगरपालिका क्षेत्रका ३० वटै सामुदायिक विद्यालयमा शैक्षिक सुधार तथा अवस्थाको आवश्यक छानविन गरि दण्ड तथा पुरस्कारका नीति अनुसार काम गर्नुपर्ने माग गरेका छन् ।

ज्ञापन पत्रमा भनिएकोछ , “इनरुवा नगर क्षेत्रको शैक्षिक सुधारका लागि अभियानले क्याम्पसदेखी विद्यलायसम्ममा रचनात्मक कार्य गर्दै आएकोमा शिक्षामा सुधारका लागि इनरुवा नगरपालिकामा ज्ञापन पत्र, माग पत्र र ध्यानाकर्षण पत्र बुझाएका छौं । ”

नगरमा सुधारको माग गर्दा समेत सन्तोशजनक सुधार नभएको जनगुनासो र हाम्रो अनुमगनले देखाएकाले शैक्षिक सुधार गर्दै शैक्षिक क्षेत्रमा देखिएको बेथिति, गुटबन्दी, दलीय प्रभाव र शिक्षक कर्मचारी बीचमा बढेको आफुखुसी गर्ने परिपाटीलाई निरुत्साहित गर्न आवश्यक अनुगमन गरि छानविन सहित कार्वाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

ज्ञापन पत्रमा उल्लेख भए अनुसार केही दिनयता इनरुवा नगरपालिका शिक्षा शाखा समेतको समन्वय र शिक्षा ऐन, नियमावली तथा कार्यविधि अनुसार सरस्वती मावि बयिबामा तत्कालिन बहुमत सदस्यहरुको सहमती र निर्णयमा पदभार ग्रहण गरेको व्यक्ति जयकृष्ण यादवको कार्यकक्षमा रहेको नेम प्लेट २०८० मंसिर १२ गते चोरेको घटना बाहिर आएको थाहा भयो र यसमा इनरुवा नगरपालिकाले छानविन समिति बनाएर छानविन गरि कार्वाही गर्नुपर्ने भनिएको छ ।

त्यसैगरी मंसिर ८ गते गरेको विव्यसले अनुगमनका क्रममा दिउसो १ बजे विद्यालयमा शिक्षकहरुको हाजिरी पुस्तिकामा हाजीरी भएको तर उपस्थित नभएको पाइएकाले शिक्षकलाई स्पस्टीकरण सोध्न प्रअ श्यामदेव मेहतालाई निर्देशन दिएको तर स्पस्टीकरण नसोधेको अवस्था बाहिर आएकाले ध्यानाकर्षण भएको र यर्थात कुरा तथ्य बाहिर ल्याउन नगरपालिकासंग माग गरिएको छ ।

उक्त विद्यालयमा वर्षयता पटक पटक समयको पालन गर्न दिएको निर्देशनको अटेर गर्दै आएको गुनासो बाहिर आएको छ । यसले शैक्षिक गुणस्तर सुधारको पक्षमा असर पर्ने देखिएकाले सुक्षम छानविन गर्न नगरपालिकाले नगर सहित नागरिक समाजको समेत संलग्नतामा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ । विद्यालयमा अनियमितता, ढिलासुस्ती, शिक्षकहरु पार्टी र संगठनको बलमा समयको पालन र समितिको निर्देशन तथा शिक्षा ऐन, नियम र नियमावली समेतलाई लत्याएको पाइएकाले कार्वाही स्वरुप स्पस्टीकरण सोध्ने देखी अर्थात बाहिर ल्याउन छानविन समिति तत्काल गठन गर्नुपर्ने माग गरिएको छ । अभियानले बुझाएको ज्ञापन पत्रमा तत्काल विद्यालयमा अनुगमन र छानविन गर्नुपर्ने विषयहरुमा इनरुवा नगरक्षेत्रका विद्यालयमा विधार्थीले खाने खाजा शिक्षकहरु आफैले बटुका राखेर खाएकाले अनुगमन गरि कार्वाही गर्नुपर्ने, सरस्वती माविमा अध्यक्षको नेम प्लेट चोर्नेलाई कार्वाही गर्नुपर्ने, विद्यालयको चमेना गृहको संरचना र केही फर्निचर प्रअ र लेखाकर्मचारीले आफूखुसी लगेकोले स्थलगत अनुगमन गरि र्कावाही गर्नुपर्ने, शिक्षकहरुलाई अनुशासनमा राख्न , लेखाप्रणालीलाई पारदर्शी तथा सामाजिक परीक्षण गर्न निर्देशन गर्नुपर्ने, शिर्षक अनुसारको खर्च गर्न निर्देशन गर्नुपर्ने, आर्थिक अनियमितता र ढिल्ला सुस्तीका विषयमा अर्थात तथ्य बाहिर ल्याउन छानविन समिति गठन गर्नुपर्ने माथ गरिएको छ ।

त्यसैगरी अवैध रुपमा कक्षा ९ र १० का विधार्थीबाट परीक्षा बोर्डले तोकेको भन्दा बढी रकम असुल गर्ने विद्यालयहरु माथि कार्वाही गर्नुपर्ने र बढी रकम लिएको भए विधार्थीलाई फिर्ता गर्नुपर्ने, शिक्षक विधार्थीहरु बीचमा सम्मान र दण्डको कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने , सामुदायिक विद्यालयहरुमा बढेको शिक्षकहरुको बीचको गुटबन्दीलाई अन्त्य गर्न नगरभित्र आन्तरीयक शिक्षक सरुवा नीतिलाई कार्यान्वयन गर्नुपर्ने, कार्यसम्पादन मुल्याकन र योग्यता तथा प्रस्तावना आहवान गरि प्रधानाध्यापक नियुक्ती गर्नुपर्ने माग गरिएको छ । विद्यालय नै नआएको दिन र रेड लागेको दिनको हाजिरि गर्ने शिक्षकलाई छानविन गरेर कार्वाही गर्नुपर्ने , विद्यालयहरुमा असल र नियमित कक्षामा रहेर पठनपाठन गर्ने शिक्षकहरुलाई सम्मान गर्नुपर्ने, नगरक्षेत्रका ३० वटै सामुदायिक विद्यलायहरु मध्ये अधुरो रहेको भवनहरुको पूर्णन्ताका लागि सहयोग गर्नुपर्ने, रंगरोगन गर्नुपर्ने, वर्षामा डुवान हुने विद्यालयहरुमा माटो पुरी टायल मार्वलको व्यवस्था गर्नुपर्ने र विद्यालयलाई दोहोनको रुपमा प्रयोग गर्नेहरुको विवरण संकलन गरि सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र र मागपत्रलाई प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले आफूले सकारात्मक रुपमा लिएको र सबै माग जायज भएकाले क्रमशः सम्बोधन गर्ने प्रतिकृया दिनुभयो । अधिकारीले विद्यालयलाई विधालय जस्तो बनाउन अभियानले बुझाएको माग पत्र एकदमै उपयोगी भएकाले शिक्षा समितिको बैठकबाट प्रकृयागत रुपमा अडागि बढ्ने बचन दिनुभयो । ज्ञापन पत्र बुझाउने क्रममा अधिकारकर्मी विनिता दाहालले शैक्षिक क्षेत्रको सुधार अति आवश्यक रहेको बताउनुभयो । अर्का अधिकारकर्मी तोया गिरीले शिक्षामा ढिलासुस्ती गर्ने, अनियमितता गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । अभियानका सचिव जयकृष्ण यादवले नगरको शिक्षा सुधारका लागि नितीसगैं नैतिकताको जरुरी रहेको र नैतिक विपतिर गर्नेहरुको भण्डाफोर गर्न जरुरी रहेको बताउनुभयो । अभियानका संयोजक दिलिपचन्द साहुले माग र सुझावहरु कार्यान्वयन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

 

 

 

Previous Post

दुहबीनगरपालिका प्रमुखले प्रबिधी सग प्रहरी मोबाइल एप्सको उद्घाटन 

Next Post

दुहबी नगर प्रहरीको प्रथम दिक्षान्त समारोह सम्पन्न 

Next Post
दुहबी नगर प्रहरीको प्रथम दिक्षान्त समारोह सम्पन्न 

दुहबी नगर प्रहरीको प्रथम दिक्षान्त समारोह सम्पन्न 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana