सुनसरी । इलाका प्रहरी कार्यालय धरानले कोशी लोकमार्गस्थित साराङ्ग चोकमा २०८१ मंसिर १२ गते ३७ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा प्रनाउ प्रकाश जवेगुको नेतृत्वमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा कारको डिक्कीमा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला पारेको हो।
पक्राउ परेकाहरूमा उदयपुर बेलका नगरपालिका वडा नं. ९ का २३ वर्षीय तिर्थ दर्जी र सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. १ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन्। पक्राउ परेका व्यक्तिहरू र बरामद लागू औषधसहित कारलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





