Thursday, March 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजको टोली: सांस्कृतिक पुनर्जागरण र ‘कालीबारी परियोजना’को तयारी

बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजको टोली: सांस्कृतिक पुनर्जागरण र ‘कालीबारी परियोजना’को तयारी

by नेपाल टाइमलाइन न्यूज
June 4, 2025
in समाचार
A A
0
बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजको टोली: सांस्कृतिक पुनर्जागरण र ‘कालीबारी परियोजना’को तयारी
22
SHARES
Share on FacebookShare on Twitter

जागेश्वर यादव । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ स्थित बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार तथा केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी सहितको टोलीले बांग्ला समुदायका अगुवासँग भेटघाट तथा अवलोकन भ्रमण सम्पन्न गरेका छन्।

उक्त अवसरमा त्यहाँका हजारौंको संख्यामा बसोबास गरिरहेका बंगाली समुदायका अगुवा व्यक्तिहरूले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षणप्रति सरकारको उपेक्षाका कारण चासो व्यक्त गरेका थिए। राणाकालमा स्थापित श्री पंचमी वंगला प्रारम्भिक विद्यालय, जसमा नेपाली र बांग्ला भाषामा पढाइ हुँदै आएको थियो, हाल स्वास्थ्य चौकीका रूपमा प्रयोगमा रहेको जानकारी गराइयो।

भेटघाटका क्रममा स्थानीय अग्रज तथा श्री प्रा.वि. शिस्वा धरमपुरका पूर्व प्रधानाध्यापक एवं नेपाली कांग्रेसका बुथ सभापति सुरेश मण्डल र वंगला विद्यालयका तत्कालीन प्र.अ. दुखभंजन मण्डलले समाजको इतिहास र पुनर्जीवनको आवश्यकता बारे जानकारी दिए।

सो अवसरमा टोलीले लोखि नारायण मन्दिर, चन्द्रशेखर शिव मन्दिर र राजाजी मन्दिरको समेत अवलोकन गर्‍यो। वडा नं. ५ का वर्तमान वडा सदस्य तथा बंगाली समाजका अग्रज मधुसुदन मण्डलले ‘कालीबारी परियोजना’ थाहा पाएपछि त्यस स्थानका लागि दश कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै टोलीलाई सम्भावित स्थानको अवलोकन समेत गराए।

बंगाली समाजका अगुवा सुधिर मण्डलले अझै पनि बांग्ला पंचाङअनुसार पूजा, संस्कार र परम्परा कायम राखिएको जानकारी गराए। साथै ललित मण्डल, विवेक मण्डल, पृथ्वीचन्द्र मण्डल, अमृत मण्डल, दिनबन्धु मण्डल, सनातन कुमार मण्डललगायतका व्यक्तिहरूसँग परामर्श भई आगामी योजनाहरू पहिचान गर्दै आवश्यक कार्यक्रम अगाडि बढाउने सहमति समेत भएको छ।

स्थानीय समुदायमा पुनः सांस्कृतिक उत्साह जागृत भएको देखिएको छ र नेपाल राष्ट्रिय बांग्ला समाजले यस अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Previous Post

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस काठमाडौंमा भव्य रूपमा सम्पन्न, कोशी प्रदेशका ११ जना सम्मानित

Next Post

५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Next Post
५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana