Monday, December 8, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

by नेपाल टाइमलाइन न्यूज
June 5, 2025
in समाचार
A A
0
५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो
12
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगरले आज ५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाएको छ। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा मन्त्री सदानन्द मण्डल ,प्रदेश सचिव विशाल घिमिरेको प्रमुख उपस्थिति रहेको थियो।

कार्यक्रम बिहान ७ बजे विराटनगरको महेन्द्र चोकबाट सुरु भएको र्यालीसहित प्रारम्भ भएको थियो। उक्त र्याली पंचमुखी हनुमान मन्दिर, काली मन्दिर, विराटनगर महानगरपालिका कार्यालय हुँदै आदर्श विद्यालयसम्म पुगेको थियो। र्यालीमा विभिन्न विद्यालयका करिब ५ सय विद्यार्थी, GOALS FOUNDATION का प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा प्रदेश सचिव घिमिरेले प्लाष्टिक प्रदूषणले मानव स्वास्थ्य, जीवजन्तु र वातावरणमा पार्ने नकारात्मक असरबारे सचेत गराउँदै प्लाष्टिकको प्रयोग कम गर्न, पुनःप्रयोग गर्न प्रेरित गरे। सचिव घिमिरेले नारा केवल औपचारिकताका लागि नभई व्यवहारमा उतार्न सबैलाई आग्रह गरे।

त्यसपछि सहभागी विद्यार्थी, कर्मचारी तथा GOALS FOUNDATION का सदस्यहरूले विद्यालय परिसरमा वृक्षारोपण गरे। साथै, विद्यार्थी र सफाइ कर्मचारीहरूले प्लाष्टिकजन्य फोहोर संकलन गरेका थिए।

कार्यक्रमका क्रममा वातावरण सम्बन्धी चेतनामूलक नाटक प्रस्तुत गरिनुका साथै ‘नयाँ नेपाल’ नामक संस्थासँगको सहकार्यमा जोगबनी–विराटनगर राजमार्ग खण्डमा बाँसको घेराबारासहित ५० वटा बोटको वृक्षारोपण गरिएको थियो।

विश्व वातावरण दिवस अवसरमा गरिएको यस्ता कार्यक्रमहरूले नागरिकहरूमा वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

 

Previous Post

बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजको टोली: सांस्कृतिक पुनर्जागरण र ‘कालीबारी परियोजना’को तयारी

Next Post

कोशी कटान चेकपोष्ट घटनापछि अध्यक्ष अंसारीको स्पष्टीकरण: प्रहरी संगठनप्रति कुनै द्वेष छैन 

Next Post
कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीद्वारा फागु पूर्णिमाको शुभकामना

कोशी कटान चेकपोष्ट घटनापछि अध्यक्ष अंसारीको स्पष्टीकरण: प्रहरी संगठनप्रति कुनै द्वेष छैन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana