Wednesday, January 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

विराटनगर, प्रदेश विशेषाङ्क २०८२ | वर्तमान सहकारी आवाज

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
in समाचार
A A
0
गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का
11
SHARES
Share on FacebookShare on Twitter

गरिबी निवारण, आर्थिक सशक्तिकरण र सामाजिक उत्थानमा सहकारी संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर-३ का उपाध्यक्ष प्रेम बहादुर खड्काले बताउनुभएको छ।

उहाँका अनुसार सहकारी संस्था खासगरी स्थानीय समुदायको सक्रिय सहभागितामा स्थापना भई बचत परिचालन गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा आवश्यक पर्ने वित्तीय खाँचो पूर्ति गर्ने सशक्त माध्यम हुन्। सहकारीमा सञ्चालित कारोबारले आत्मनिर्भरता र आर्थिक समृद्धिको बाटो खोल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

“सहकारीमा निक्षेप, कर्जा र ब्याजदरको वर्तमान व्यवस्थालाई सुधार गर्दै कारोबारलाई थप प्रभावकारी र पारदर्शी बनाउन सकेमा शेयर सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्,” उपाध्यक्ष खड्काले भन्नुभयो।

उहाँले केही सहकारीका कमजोर व्यवस्थापन र सञ्चालकहरूको गैरजिम्मेवार गतिविधिका कारण सम्पूर्ण सहकारी क्षेत्रलाई सर्वसाधारणले शंकाको दृष्टिले हेर्न थालेको गुनासो गर्दै, सिद्धान्त र उद्देश्यअनुसार इमान्दारिताका साथ सञ्चालित सहकारीहरू अझै पनि मजबुत रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो।

“कृषि सहकारीले जस्तै बचत तथा ऋण सहकारी संस्थाले पनि सरकारी सेवा, सुविधा र प्रोत्साहन पाउने हो भने सहकारी क्षेत्रमा नयाँ आयाम थपिनेछ,” उहाँले भन्नुभयो, “यसले लगानी वृद्धि हुने मात्र होइन, बचतकर्ता र शेयर सदस्यहरूको कारोवार पनि उत्साहजनक रूपमा वृद्धि हुनेछ।”

उपाध्यक्ष खड्काले सहकारी क्षेत्रलाई मजबुत बनाउँदै जानु नै दिगो विकास र गरिबी निवारणतर्फको बलियो पाइला हुने निष्कर्ष व्यक्त  गर्नुभयो।

 

Previous Post

सहकारीमार्फत कृषि क्षेत्रको विकासमा नयाँ आयाम : किसानलाई सस्तो ऋण, आधुनिक प्रविधि र बजार पहुँच सुनिश्चित

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana