Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
in मुख्य खबर
A A
0
एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा
19
SHARES
Share on FacebookShare on Twitter
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै

वराहक्षेत्र । किराँत राई समुदायको महान पर्व उँभौलीको अवसरमा आयोजित साकेलासिली कार्यक्रमको उद्घाटन गर्दै सुनसरी क्षेत्र नं ४ का संघीय सांसद, नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा लोकतन्त्र स्थापनादेखि राष्ट्र निर्माणसम्म राई समुदायको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल आफ्नो मन्तव्य राख्नुहुँदै

वराहक्षेत्र–६, ७ र ८ का किराँत राई यायोक्खा वडास्तरीय समितिहरूद्वारा चक्रघट्टीमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि कार्कीले सबै जातजातिका संस्कार, संस्कृति र पहिचानको संरक्षणमा जोड दिनुहुँदै भने, “हामी सबैले एक अर्काको जात, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताको भाव राख्नुपर्छ। नेपाल सबै जातजातिको साझा फूलबारी हो।

उहाँले नेपाली संस्कृतिको मौलिकता र विशिष्टता संसारभर चिनाउने काम गर्नुपर्ने बताउँदै संस्कृतिको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा महेन्द्रनगर, भरील, चतरा, प्रकाशपुर, इटहरी र रामपुर (उदयपुर) क्षेत्रका किराँत राई यायोक्खाका टिमहरूको आकर्षक साकेलासिली नृत्य प्रस्तुत गरिएको थियो।

साकेलासिली प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ। पहिलो हुने टिमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेका छन्।

यस अवसरमा विविध सांस्कृतिक कार्यक्रममार्फत राई समुदायको समृद्ध संस्कृति झल्किएको थियो।

 

Previous Post

पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण : मन्त्री मण्डल

Next Post

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की

Next Post
कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana