इनरुवा, जेठ ६ गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अजमल अख्खतर आजादले पनि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले ४९ जना विपन्न सुकुम्बासीलाई निशुल्क बिमा गराउने कागजमा सही गराएर एक कार्यक्रमको विच नवनिर्वाचित अध्यक्ष आजादलाई पद पदभार ग्रहण गराउनुभयो ।
पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहता, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष लक्ष्मण मेहता, २ का वडा अध्यक्ष आलम अंसारी, ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, ४ का वडा अध्यक्ष हारुन अंसारी, ५ का वडा अध्यक्ष हबिव मंसुरी, ६ का वडा अध्यक्ष सेरेजुद्धिन अंसारी, ७ का वडा अध्यक्ष बौवालाल यादव र ८ का वडा अध्यक्ष हाजि उसमान मियाँ भोला लगायत गाउँपालिकाका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।