Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

by नेपाल टाइमलाइन न्यूज
May 20, 2022
in Uncategorized, मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली
11
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।

हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो ।

काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको छ । कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरसँग भने, ‘पीडितलाई भेटेर टोलीले कुराकानी गरिरहेको छ, कानुनी रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल भइरहेको छ ।’

बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् । भिडियो सार्वजनिक भएपछि मानवअधिकारकर्मी र अभियन्ताहरुले उनको खोजी गरेका थिए ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ । उनको पक्षमा युवाले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि धर्ना दिएका छन् । उनीहरुले बलात्कारको कसूरमा राखिएको हदम्याद हटाउन माग गरेका छन् ।

शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका थिए । सभामुख अग्नि सापकोटाले पनि छानविन गर्न सरकारलाई रुलिङ गरेका छन् ।

Previous Post

सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी

Next Post

भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण

Next Post
भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण

भोक्राहा नरसिंह अध्यक्षले गरे पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana