सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिृकत रुपमा तारणीप्रसाद यादव आउनुभएको छ । स्वास्थ्य क्षेत्रमा लामो योगदान र सेवा गर्नुभएका अधिकृत यादवले स्थानीय तहको प्रशासनिक प्रमुखको भुमिकामा पहिलो अनुभवका साथ रुपनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिृकत रुपमा शुक्रबारबाट जिम्मेबारी पाउनुभएको हो । यादव निस्वार्थ भावनाले सेवा गर्ने र जनताको सेवामा दिनरात नभनी सकृय रहनुभएकोले जागिरे जिवनको उतारर्धमा पाउनुभएको जिम्मेबारी पुरा गर्ने सुभचिन्तकहरुले बताएका छन् । निष्पक्ष, तटष्थ र जनमैत्री काम गर्नुभएका यादवले फरक अनुभवका साथ रुपनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिृकतको सफल भुमिका निर्वाह गर्ने जनमुदायले अपेक्षा गरेका छन् । नयाँ अधिकृताका रुपमा आउनुभएका तारणीप्रसाद यादवलाई गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले स्वागत गरेको जनाएको छ ।
यता नेपाल यादव सेवा समिति सुनसरीका सचिव जयकृष्ण यादवले नयाँ जिम्मेबारी पाउनुभएका प्रमुख प्रशासकिय अधिृकत तारणीप्रसाद यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिनुभएको छ । सुनसरीमा लामो समय गर्नुभएको असल र कर्मयोगी योगादनलाई नयाँ जिम्मेबारीमा समेत सफल रुपमा निर्वाह गर्नुहुने यादवले विश्वाश व्यक्त गर्नुभएको छ ।