Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपालमा ११ लाखभन्दा बढीमा मानसिक समस्या, कसरी न्यूनीकरण गर्ने ?

नेपालमा ११ लाखभन्दा बढीमा मानसिक समस्या, कसरी न्यूनीकरण गर्ने ?

by नेपाल टाइमलाइन न्यूज
October 11, 2023
in मुख्य खबर
A A
0
नेपालमा ११ लाखभन्दा बढीमा मानसिक समस्या, कसरी न्यूनीकरण गर्ने ?
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । मानिसिक स्वास्थ्यको विग्रदो अवस्था विश्वभरनै विकराल बन्दै गएको छ । नेपालमा पनि मानसिक स्वास्थ्य समस्याबाट ग्रसितको अवस्था दिनप्रति दिन बढ्दो क्रममा छ । तर पनि मानिसहरु मानसिक स्वास्थ्य समस्या रहेको बारे खुलेर बोल्न हिच्किचाउछन् । मानसिक समस्याबारे खुलेर बहस गर्ने वातावरण कहिले बन्छ ? सरकारले यसकालागि के कता काम गरिरहेको छ ? अनि मानसिक स्वास्थ्यका विभिन्न पक्षबारे के भन्छन् मनोविद् ?

 

कुनै व्यक्ति शरीरिक रुपमा स्वस्थ्य भएर पनि उसको मन, विचार, व्यवहार र सोच विचलित भएको छ भने सम्झनु पर्छ की ऊ मानसिक रुपमा अस्वस्थ्य छ । तर यसको यो मतलब यो हैन कि उक्त व्यक्तिलाई कडा मानसिक समस्या छ र उसले अन्य सामान्य मानिस जस्तो व्यवहार गदैन । समान्य रुपमा देखिएका व्यक्तिमा पनि मानसिक समस्या हुन सक्छ । तर यसको पहिचान आवश्यक छ । साथै सबै खालको समस्यलाई मानसिक समस्या भनेर सम्बोधन गर्दा यसले समाजमा नकारात्मक धारणा पैदा गराएको वरिष्ठ मनोचिकित्सक डा. निराकार मान श्रेष्ठको भनाई छ ।

 

नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार नेपालको कुल जनसंख्या को ४ प्रतिशत अर्थात लगभग ११ लाख र थप १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीहरुले अहिलेको अवस्थामा मानिसक स्वास्थ्य समस्या भोगिरहेका छन् । गरिबी, बेरोजगारी, लैङ्गिक, जातीय वा भूगोलमा आधारित कलंक र भेदभाव जस्ता समस्याका कारण मानसिक स्वास्थ्यमा असर परेको र यसको न्यूनिकरणकालागि सरकारले प्रयास गरिरहेको बताउँछन् प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड ।

 

नेपालमा नसर्ने रोग बढिरहेको छ । जसमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको छ । मानसिक स्वास्थ्य विना स्वास्थ्य जीवन हुदैन भन्ने गरिन्छ । तर अहिले पनि समाजमा यस्ता समस्याका बारेमा खुलेर कुराकानी नहुने भएकाले यस्ता विषयमा खुलेर कुराकानी गर्न आवश्यक भएको अभियान्ताहरु बताउँछन् ।

 

पछिल्लो आर्थिक, समाजिक लगायतका कारण मानसिक समस्या बढ्दो देखिन्छ । तर अहिले पनि पढेलेखेका चेतनशील व्यतिmहरु पनि मानसिक समस्या आफुलाई परेको अवस्थामा यस विषयमा खुलेर कुराकानी नगर्ने यसका जानकारहरु बताउँछन् । तर मानसिक स्वास्थ्य पनि हाम्रो जीवनको एक अभिन्न भएका कारण यस्ता समस्या लुकाउने भन्दा पनि खुरेर कुराकानी गर्ने हो भने यस्ता समस्या समाधान गर्न सकिने विज्ञहरुको ठम्याइ छ । साथै मानसिक समस्या वा आत्महत्या सम्बन्धि कुनै सोच आएमा आत्महत्या रोकथामको लागि सञ्चालन गर्दै आएको हेल्पलाइन ११६६ मा सेवा लिन समेत चिकित्सकहरुको सुझाव छ ।

Previous Post

नेपाल पिछडावर्ग महासंघ जिल्ला कार्यसमिति सुनसरीमा गठन

Next Post

स्वास्थ्य बीमाबाट सेवा लिनै हैरानी, नविकरण गर्नेको संख्या घट्दै

Next Post
स्वास्थ्य बीमाबाट सेवा लिनै हैरानी, नविकरण गर्नेको संख्या घट्दै

स्वास्थ्य बीमाबाट सेवा लिनै हैरानी, नविकरण गर्नेको संख्या घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana