इनरुवा । स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला कार्यसमितीको सचिव पदमा पत्रकार रविन्द्र कुमार यादव चयन भएका छन् ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्थिति रहेको फुलवारीमा होटेलमा दुहवीका वरिष्ठ पत्रकार अकबर अलिको अध्यक्षतामा बसेको बैठकबाट आफूले जिम्मेवार पाएको बताउनुभयो।
मलाई थप जिम्मेवारी महसुस गराएको छ, र म पत्रकारिताको मूल्य, मर्यादा, र स्वच्छतालाई अझै मजबुत बनाउँदै समाजमा सत्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्ने आफ्नो कर्तव्यलाई निष्ठापूर्वक निर्वाह गर्ने चलायमान बनाउने आफ्नो कार्यकालको मुख्य लक्ष्य समेत रहेको उहाँले बताउनु भएको छ ।
अकबर अलिको अध्यक्षतामा हाललाइ १७ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो ।