Tuesday, January 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सहकारीमार्फत कृषि क्षेत्रको विकासमा नयाँ आयाम : किसानलाई सस्तो ऋण, आधुनिक प्रविधि र बजार पहुँच सुनिश्चित

सहकारीमार्फत कृषि क्षेत्रको विकासमा नयाँ आयाम : किसानलाई सस्तो ऋण, आधुनिक प्रविधि र बजार पहुँच सुनिश्चित

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
in समाचार
A A
0
सहकारीमार्फत कृषि क्षेत्रको विकासमा नयाँ आयाम : किसानलाई सस्तो ऋण, आधुनिक प्रविधि र बजार पहुँच सुनिश्चित
12
SHARES
Share on FacebookShare on Twitter

सुन्दरहरैचा, मोरङ । नेपाल जस्तो कृषि प्रधान देशमा कृषि क्षेत्रको विकास नगरी समाजको समग्र रूपान्तरण सम्भव छैन भन्ने ठहर गर्दै सुन्दरहरैचा–१२ स्थित हौचामोड हरियाली विजवृद्धि कृषक सहकारी संस्था लिमिटेड ले कृषिमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित सहकारी अभियानलाई अगाडि बढाइरहेको छ।

संस्थाका व्यवस्थापक नेत्र प्रसाद ढकालका अनुसार सहकारीमार्फत कृषि उत्पादनमा लगानी, आधुनिक प्रविधिको प्रयोग, बजार व्यवस्थापन तथा किसानलाई सस्तो दरमा ऋण उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ। “प्याकिङ र बजारीकरणको योजना बनाइएको थियो, तर विविध कारणले त्यो कार्य नसकिएपछि हामीले आफैँ गाउँघरमा उन्नत जातका मकै र गहुँको विउ वितरण सुरु गर्‍यौँ,” उनले बताए।

विसं २०५९ सालदेखि कृषि विभाग अन्तर्गतको सेवा केन्द्रको सहकार्यमा विजवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थामा हाल १६३ जना शेयर सदस्य रहेका छन्। संस्थाको निक्षेप ६४ लाख ८७ हजार ६ सय ५८ रूपैयाँ र लगानी ८६ लाख ७८ हजार ७ सय ९२ रूपैयाँ रहेको जानकारी दिइएको छ।

संस्थाले कृषि विकास कार्यालय विराटनगरबाट प्राप्त गहुँको उन्नत विउ वितरण गर्दै किसानहरूलाई सीप, प्रविधि र बजार पहुँच प्रदान गरिरहेको छ। साथै, सरकारले सञ्चालन गर्ने स्वरोजगारमुखी कार्यक्रमहरू जस्तै सस्तो तथा सहुलियत ऋण, अनुदान, तालिम तथा गोष्ठीहरूमा कृषकहरूको सहभागीता गराउँदै आएको छ।

सहकारीमार्फत निष्क्रिय पुँजीलाई सामाजिक विकासतर्फ डोर्याउँदै कृषि क्षेत्रमा रूपान्तरण ल्याउन सकिन्छ भन्ने धारणा राख्दै ढकालले सहकारीको माध्यमबाट समुदायमा चेतना फैलाउने र उत्पादन वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखिएको बताए।

सहकारी भनेको केवल आर्थिक कारोबार मात्र होइन, समाज परिवर्तनको सशक्त माध्यम पनि हो। कृषिमा आत्मनिर्भरता ल्याउन, स्वरोजगार सिर्जना गर्न र आधुनिक कृषि प्रणालीलाई आत्मसात गर्न सहकारीले खेलेको भूमिका अतुलनीय छ।

 

 

Previous Post

सहकारी क्षेत्रको योगदानले सामाजिक तथा आर्थिक रूपान्तरणमा ल्याउँदै नयाँ आयाम

Next Post

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

Next Post
गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana